अष्ट्रेलियाका डेभ व्हाटमर नेपाली क्रिकेटका प्रमुख प्रशिक्षक नियुक्त

काठमाडौं, पुस २ गते । अष्ट्रेलियाका डेभ व्हाटमर नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक नियुक्त हुनुभएको छ । नेपाल क्रिकेट संघका महासचिब अशोक नाथ प्याकुरेलले व्हाटमोरलाई जनवरी १, २०२१ देखि लागू हुने गरी प्रमुख प्रशिक्षकको रुपमा नियुक्त गरिएको जानकारी दिनुभएको छ ।

नेपाली क्रिकेट टोलीका प्रमुख प्रशिक्षक नियुक्त भएपछि डेभ व्हाटमरका ब्यवस्थापक कौस्तभ लहिरीले डेभ नेपाली क्रिकेटको स्तर उकास्न र प्रमुख प्रशिक्षकको चुनौतीपूर्ण जिम्मेवारी वहन गर्न तत्पर रहेको प्रतिक्रिया दिनुभएको छ ।

नेपाल क्रिकेट संघ(क्यान)ले करिब तीन महिना अघि प्रमुख प्रशिक्षक, महाप्रबन्धक, क्रिकेट ब्यवस्थापक, प्रमुख आर्थिक अधिकृत लगायतका पदको लागि विज्ञापन गरेको थियो । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)सँगको अनुमतिमा पदपूर्ति गर्नुपर्ने भएकोले प्रकृया लम्बिन पुगेको थियो ।

यसअघिका प्रमुख प्रशिक्षक उमेश पटवाल गत् माघ महिनामा राजिनामा गरेपछि प्रमुख प्रशिक्षक पद रिक्त रहेको थियो । प्रमुख प्रशिक्षकका लागि गरिएको आवेदन आव्हानमा विश्वभरिबाट करिब ७७ जनाले आवेदन दिएका थिए । जसमध्ये दक्षिण अफ्रिका अलराउण्डर लान्स क्लुजनर, भारतका चेतन चौहान र श्रीलङ्काका पुबुदु दसानायके हुनुहुन्थ्यो । क्यानले अन्तिम तीन जनाको नाम सिफारिश गर्दा व्हाटमर, दसानायके र भारतीय एकजनालाई क्यान समक्ष सिफारिश गरेको थियो । क्यानले तीनजनामध्ये व्हाटमरलाई प्रमुख प्रशिक्षक नियुक्त गर्न क्यानलाई सिफारिशसहित अनुमति प्रदान गरेको छ । आईसीसीसँगको समन्वयमा क्यानले जनवरी एक देखि लागू हुने गरी एकवर्षका लागि व्हाटमरलाई प्रमुख प्रशिक्षक नियुक्त गरेको हो । क्यान स्रोतका अनुसार व्हाटमरलाई मासिक दशदेखि १२ हजार डलर तलब तथा अन्य सेवा सुबिधा दिने गरी नियुक्त गरिएको छ । व्हाटमरसँग क्रिकेट श्रीलङ्का, बंगलादेश, जिम्मबाबवे लगायतका राष्ट्रिय क्रिकेट टोलीको प्रमुख प्रशिक्षकको अनुभव रहेको छ । सन् २००५ देखि प्रशिक्षक हुनुभएका व्हाटमरलाई बंगलादेश क्रिकेटको स्तर उकास्ने महत्वपूर्ण ब्यक्तिको रुपमा लिइन्छ । उहाँको प्रशिक्षणमा बंगलादेश टोलीलाई अष्
ट्रेलिया, दक्षिण अफ्रिका र भारत जस्ता टेष्ट मान्यता प्राप्त राष्ट्रलाई एकदिवसीय खेलमा हराउने श्रेय दिइन्छ ।

पटवाललाई दश हजार डलर मासिक तलबमा प्रमुख प्रशिक्षक नियुक्त गरिएको थियो । त्यसैगरी, संघले रौनक बहादुर मल्ललाई क्रिकेट नेपालका महाप्रबन्धक, रमेशकुमार न्यौपानेलाई प्रमुख आर्थिक अधिकृत र बिनोद दासलाई क्रिकेट ब्यवस्थापकमा नियुक्त गरेको छ । दास यसअघि नेपाली क्रिकेट टोलीका कप्तानको जिम्मेवारी सम्हाल्नुभएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter