चारहजार ६२० परीक्षणमा ५८८ सङ्क्रमित, एकहजार ९७ जना सङ्क्रमित निकाे

काठमाडौं, पुस ५ गते । नेपालमा कोरोना भाइरसका ५८८ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमितको संख्या दुई लाख ५३ हजार ७७२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी गरेकाे पत्रकार सम्मेलनमा पछिल्लो चौबीस घण्टामा चार हजार ६२० जनाको आरटीपीसीआर परीक्षण गर्दा ५८८ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको हाे ।

हालसम्म १८ लाख ७० हजार ८३० जनाको पीसीआर परीक्षण गरिएको छ । हाल आठ हजार ३२० जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा एक हजार ९७ जना सङ्क्रमित निको भएर घर फर्केको जनाएको छ । हालसम्म दुई लाख ४३ हजार ६६४ जना निको भइसकेका छन् ।अहिलेसम्म नेपालमा ९६ दशमलब भन्दा बढी कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा ११ जना सङ्क्रमितको मृत्यु भएको जनाएको छ । हालसम्म नेपालमा कोरोनाभाइरसबाट एक हजार ७७७ जनाको मृत्यु दर्ता गरिएको छ । मन्त्रालयले हाल आठ हजार ३२० जना आइसोलेशनमा रहेको र ४२१ जना क्वारेन्टिनमा रहेको उल्लेख गरेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter