एक हजार ७९ जना सङ्क्रमित निको, ७४२ जना सङ्क्रमित थपिए
काठमाडौं, पुस ६ गते । नेपालमा कोरोना भाइरसका ७४२ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमितको संख्या दुई लाख ५४ हजार ५१४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा ६,३५१ वटा आरटी पीसीआर परीक्षण गर्दा ७४२ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको हाे ।
हालसम्म १८ लाख ७७ हजार १८१ जनाको पीसीआर परीक्षण गरिएको छ । हाल सात हजार ९७६ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा एक हजार ७९ जना सङ्क्रमित निको भएर घर फर्केको जनाएको छ । हालसम्म दुई लाख ४४ हजार ७४३ जना निको भइसकेका छन् ।अहिलेसम्म नेपालमा ९६ दशमलब भन्दा बढी कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयले पछिल्लो चौबीस घण्टामा ७ जना सङ्क्रमितको मृत्यु भएको जनाएको छ । हालसम्म नेपालमा कोरोनाभाइरसबाट एक हजार ७९५ जनाको मृत्यु दर्ता गरिएको छ । मन्त्रालयले हाल सात हजार ९७६ जनामा आइसोलेशनमा रहेको र ४२१ जना क्वारेन्टिनमा रहेको उल्लेख गरेको छ ।
राससका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये काठमाडौँमा २३५, ललितपुरमा ५५ र भक्तपुरमा २१ जना रहेका छन् ।