खेर गएको अल्लोबाट अत्मनिर्भर बन्दै महिला

ठाकुरप्रसाद आचार्य / म्याग्दी, पुस ६ गते । मालिका गाउँपालिका – २ रुमकी मनकुमारी पुनले अल्लोबाट कपडा बुन्न थाल्नुभएको पाँचवर्ष भयो । मनकुमारी मात्र होइन रुम गाउँका अधिकांश महिलाले अल्लो धागोबाट तयार पारेको कपडा विक्री गरेर राम्रो आम्दानी गरिरहनुभएको छ।

सरकारी निकाय र विभिन्न संघसंस्थाको सहयोगमा पछिल्लो समय रुमका महिला परम्परागत सीपलाई आधुनिक प्रविधिको प्रयोग गरेर कपडा बुन्न थालेपछि आत्मनिर्भर बन्नेका हुन् । वनमा खेर गएको अल्लोलाई प्रशोधन गरेर कपडा बनाउन थालेपछि महिलाको जीवनस्तरमा सकारात्मक परिवर्तन आएको छ ।

केही वर्ष पहिला घरखर्ची चलाउन पनि धौधौ हुने सपना विश्वकर्मालाई यतिखेर भने कुनै समस्या छैन । अल्लो धागोबाट निर्मित कपडा विक्री गरेर उहाँले दैनिक घरखर्ची चलाउनुहुन्छ । अल्लो धागोबाट कपडा बुन्ने सीप सिकेका महिलाले गाउँमा समूह पनि गठन गरेका छन् ।

दुईवर्ष अघि गठन गरेको समूहमा गाउँका ११ जना महिला आवद्ध छन् । सामूहिक रुपमा काम गरेर महिलाले कपडा तयार पार्दछन् । सामूहिक रुपमा काम गर्न सहज हुने भएकाले समूह गठन गरिएको अध्यक्ष मनकुमारी पुनले बताउनुभयो ।

अल्लो धागोबाट कपडा बनाउन थालेपछि गाउँका अन्य महिलाले पनि कामको अवसर पाएको उहाँले बताउनुभयो । समय समयमा तालिम पनि लिने गरेका छौं समूहकी अध्यक्ष पुनले भन्नुभयो, ‘परम्परागत सीपलाई हामीले प्रविधिसँग जोडेर अल्लोबाट धागो उत्पादन गर्न थालेका छौँ ।’

तालिम पाएपछि महिलाले स्टकोट, कोट, झोलालगायतका सामाग्रीहरु तयार पार्न सिकेका छन् । उच्च पहाडी क्षेत्रमा पाइने अल्लो पुवालाई प्रशोधन गरेर बनाइएको धागो र ढाकाबाट साडी, सल, कुर्था, गलबन्दी, रुमाल, पर्स, चोलो र टोपी बनाउन सकिने पुनले बताउनुभयो ।

रोजगारी, पेसा र व्यवसायको सिलसिलामा विश्वका विभिन्न देश पुगेका म्याग्दीबासीले आफ्नो जन्मथलोको पहिचानका रुपमा अल्लो र ढाकाको कपडा खरिद गरेर लैजाने गरेको पुनले बताउनुभयो । घरायसी कामबाट बचेको समयमा अल्लो र ढाका बुन्ने गरिएको उद्यमी सपना विश्वकर्माले बताउनुभयो ।

एक मिटर ढाका र अल्लो कपडालाई आठ सय देखि नौ सय रुपियाँसम्म विक्री हुने गरेको समूहकी अध्यक्ष पुनले बताउनुभयो । महेनत गरे अनुसारको मूल्य पाउन सकिएको छैन, उहाँले भन्नुभयो । उत्पादित कपडा पोखरा, काठमाडौंको ठमेल बजार र विदेशमा समेत पुग्ने गरेको उहाँले बताउनुभयो । अल्लोको कपडाबाट निर्मित कपडाहरु लगाउने बानी नपरेकाले पनि उत्पादित कपडा सहज रुपमा विक्री हुन केही समय लाग्ने उहाँले बताउनुभयो ।

घरेलु तथा साना उद्योग कार्यालय र विभिन्न संघसंस्थाको सहयोगमा महिलालाई सीपमूलक तालिम, औजार र प्रविधि सहयोग गरेका छन् । मालिका गाउँपालिकाले महिला उद्यमीहरुको सहजका लागि सादा सुविधा भवन निर्माण गरिदिएको मालिका गाउँपालिका उपाध्यक्ष खरमाया विटालुले बताउनुभयो । रुमका महिलाको व्यवसायिक क्षमता अभिवृद्धिका लागि गाउँपालिकाले विभिन्न प्रविधिहरु सहयोग गर्नुका साथै तालिम दिने गरेको उहाँले बताउनुभयो ।

मुलुक जनप्रतिनिधिविहिन छैन, राष्ट्रियसभा, प्रदेश सभा र स्थानीय तह क्रियाशील छन्, राजनीतिक नेतृत्व गरिरहेका छन्, राज्यका सुरक्षाअङ्गहरु आफ्नो कर्तव्य पालना गरिरहनुभएको छ । चार महिनापछि नयाँ प्रतिनिधिसभा गठन भइनै हाल्छ उहाँले भन्नुभयो । लोकतन्त्रको रक्षाका लागि सबै युवालाई एकतावद्ध भएर अगाडि बढ्न प्रधानमन्त्री ओलीले आव्हान गर्नुभयो ।पार्टीको लोगो दुरुपयोग गर्दै पार्टी विभाजनको अप्रत्यक्ष घोषणा गर्नुभएको उहाँले टिप्पणी गर्नुभयो । “मुलुक अस्थिरतातर्फ धकिलिन्छ भन्ने निराधार हल्ला हो, सबैले आम निर्वाचनको तयारीमा केन्द्रित हुन म सबैमा हार्दिक अनुरोध गर्दछुँ” प्रधानमन्त्री ओलीले भन्नुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter