पचास प्रतिशत छुट दिँदै आन्तरिक पर्यटकलाई निम्तो

जमुना शर्मा / पोखरा, पुस ७ गते। पर्यटकीय नगरीमा विस्तारै पर्यटकीय गतिविधिलाई जोड दिन थालिएको छ । कोभिड–१९ का कारण गत चैतदेखि सुस्ताएको पर्यटनलाई गति दिन पोखराका पर्यटकस्तरीय होटलले ५० प्रतिशत छुट दिने निर्णयसहित आन्तरिक पर्यटकलाई निम्तो दिएका हुन् ।

रेष्टुराँ एण्ड बार एशोसिएशनले ९रेवान० पोखराले अङ्ग्रेजी वर्षको अवसरमा गर्दै आएको सडक महोत्सवलाई समेत लक्षित गरेर पश्चिमाञ्चल होटल सङ्घले ५० प्रतिशत छुटको व्यवस्था गरेको सङ्घका अध्यक्ष विकल तुलाचनले जानकारी दिनुभयो । “पर्यटकीय मौसममा अहिले करोडौँका लगानी भएका होटल खाली छन् अब कोभिड–१९ सँगसँगै विकल्पको खोजी जरुरी छ । हामीले आन्तरिक पर्यटकलाई लक्षित गरेर अहिले ५० प्रतिशत छुटको व्यवस्था गरेका छौँ ।”

अध्यक्ष तुलाचनले स्वास्थ्य मापदण्ड पूरा गरेर होटल खोलिएको पनि जानकारी दिनुभयो । उहाँले हानले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि ‘जाऊँ है पोखरा’ कार्यक्रममार्फत पूर्वी नेपालको वीरगञ्ज विराटनगर र जनकपुरमा पुगेर सो ठाउँका पर्यटन व्यवसायी, सरोकारवाला एवं सञ्चारकर्मीसँग अन्तक्र्रिया गरेको जानकारी दिनुभयो ।

तुलाचनले भन्नुभयो, “अहिलेको एकमात्र विकल्प भनेको आन्तरिक पर्यटन प्रवद्र्धन नै हो, उहाँहरु पनि सहकार्य र समन्वय गरेर अघि बढ्न तयार हुनुुहुन्छ ।” उहाँले आन्तरिक पर्यटनका लागि पनि सिमरा, जनकपुर र विराटनगरलाई हवाई सेवामार्फत जोड्नसके आन्तरिक पर्यटकको गतिविधि बढ्ने उहाँको विश्वास छ ।

तुलाचनका अनुसार पोखरामा ७०० पर्यटकस्तरका होटल छन् भने ४०० सङ्घमा आबद्ध छन् । होटलमा एक रातको रु एक हजार ५०० देखि २० हजारसम्मका कोठा रहेका छन् । होटल क्षेत्रमा रु एक खर्ब २५ अर्बको लगानी रहेको छ भने प्रत्यक्ष १५ हजार रोजगार र अप्रत्यक्ष तीन हजारभन्दा बढीले रोजगार पाएका छन् ।

कोभिड–१९ को कारण पर्यटन व्यवसायबाट केही पुराना व्यवसायी विस्थापित हुँदै सो ठाउँमा पुनः नयाँ व्यवसायीको पनि आगमन हुन थालेको उहाँले बताउनुभयो । पर्यटनलाई चलायमान बनाउन यहाँस्थित अन्य पर्यटन व्यवसायी संस्थाले समेत अन्तर जिल्ला भ्रमण गरेका छन् ।

पर्यटन चलायमानका लागि सहकार्य खोज्दै नेपाल एशोसिएशन टुर एण्ड ट्राभल्स एजेन्ड ९नाट्टा० तनहुँ, गोरखा र नेपाल पर्यटक यातायात व्यवसायी ९एनटिभीए० ले हालै पाल्पा, नवलपरासी, तनहुँका विभिन्न धार्मिक र ती क्षेत्रका पर्यटन व्यवसायी तथा सरोकारवालासँग अन्तक्र्रिया गरेर फर्किसकेका छन् ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले व्यवसायी स्वयं जुर्मुराएर अघि बढ्न खोजेको अवस्थामा राज्यले थप सहजीकरण गरेर व्यवसायीलाई राहत दिनुपर्ने बताउनुभयो । “अहिले सुस्ताएको पर्यटनलाई गति दिन पर्यटन व्यवसायीले विभिन्न सहुलियत प्याकेज अघि सारेका छन् अब राज्यले थप सहजीकरण गरिदिनुपर्छ ।

” परिषद्का अध्यक्ष भट्टराईले भन्नुभयो, “अहिले बैंकले दिने पुनर्कर्जा केही व्यवसायीले पाए पनि झञ्झटिलो प्रक्रियाले धेरै व्यवसायीले पुनर्कर्जा लिनबाट वञ्चित छन्, यसको लागि व्यवस्थित र सरलीकरण गर्नसके व्यवसाय पुनः सञ्चालनमा व्यवसायीलाई सहज हुने थियो ।” राज्यले व्यवसाय सञ्चालन कोषमा छुट्टाएको रु ५० अर्ब रकमलाई अबिलम्व कार्यान्वयन गरेर व्यवसायीलाई जीवन्त राख्न पहल गर्नुपर्ने उहाँको भनाइ छ ।

‘घुमौँ सौराहा’ अभियान सुरु गरिने

कोरोना कहरले थला परेको पर्यटन व्यवसाय उकास्न ‘घुमौँ सौराहा’ अभियान सुरु गरिने भएको छ । सौराहाको पर्यटन प्रवद्र्धनका लागि क्षेत्रीय होटल सङ्घले ‘घुमौँ सौराहा’ अभियान सुरु गर्ने भएको हो ।

सङ्घले पुस १० देखि देशका विभिन्न सहर पुगेर प्रवद्र्धन कार्यक्रम गर्ने तय गरेको सङ्घका महासचिव गुणराज थपलियाले जानकारी दिनुभयो ।

‘घुमौँ सौराहा’ अभियान सफल बनाउन पहिलो चरणमा वीरगन्जदेखि जनकपुर हुँदै विराटनगरसम्म सौराहाको प्रचारप्रसार गर्ने कार्यक्रम तय गरेका छौँ”, महासचिव थपलियाले भन्नुभयो, “सौराहाको महŒव र पर्यटनका क्षेत्रमा भइरहेका कामबारे उद्यमी, व्यवसायी र स्थानीय तहका पदाधिकारीलाई जानकारी गराइनेछ । ”

सङ्घका अध्यक्ष दीपक भट्टराईका अनुसार कोरोनाले थलो परेको चितवनको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन र जिल्ला समन्वय समितिका प्रमुख कृष्ण डल्लाकोटीसहितको टोली अभियानमा निस्कँदै छ ।

सौराहाका व्यवसायीले सेवा र होटलको स्तर हेरेर घुमौँ सौराहा अभियानमा २० देखि ३० प्रतिशतसम्म छुट दिने घोषणा गरेका छन् ।

“कुन होटलले कुन सुविधाका लागि कति छुट दिने भन्ने हामी अभियानकै क्रममा जानकारी दिनेछौँ, जसले सौराहा घुम्न आउने पर्यटक ठगिन पाउने छैनन्”, अध्यक्ष भट्टराईले भन्नुभयो ।

पर्यटनविज्ञ विश्व सुवेदी अभियानले कोभिडले सौराहा क्षेत्रमा पारेको असर न्यून गर्न सके पलायन हँुदै गएको दक्ष जनशक्ति पुनस्र्थापित गर्न सहयोग पुग्ने बताउनुहुन्छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter