सातसय २२ सङ्क्रमित थपिए, नाैसय ६६ सङ्क्रमित निको भए

काठमाडौं, पुस ७ गते । नेपालमा कोरोना भाइरसका ७२२ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमितको संख्या दुई लाख ५५ हजार २३६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा सातहजार वटा आरटी पीसीआर परीक्षण गर्दा ७२२ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको हाे ।

हालसम्म १८ लाख ८४ हजार १८१ जनाको पीसीआर परीक्षण गरिएको छ । हाल सात हजार ७२९ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा ९६६ जना सङ्क्रमित निको भएर घर फर्केको जनाएको छ । हालसम्म दुई लाख ४५ हजार ७०९ जना निको भइसकेका छन् ।अहिलेसम्म नेपालमा ९६ दशमलब भन्दा बढी कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा तीन जना सङ्क्रमितको मृत्यु भएको जनाएको छ । हालसम्म नेपालमा कोरोना भाइरसबाट एक हजार ७९८ जनाको मृत्यु दर्ता गरिएको छ । मन्त्रालयले हाल सात हजार ९७६ जनामा आइसोलेशनमा रहेको र ४१३ जना क्वारेन्टिनमा रहेको उल्लेख गरेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter