नेपाललाई अध्यक्ष तथा महरा स्थायी कमिटी सदस्यमा चयन; नेकपा ओली पक्षले महाधिवेशनको मिति घोषणा गऱ्याे

काठमाडौं, पुस ७ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव नेपाल खेमाको आज बबरमहलमा भएको बैठकले पार्टी अध्यक्षमा माधवकुमार नेपाललाई चयन गर्ने निर्णय गरेको छ । सो कुराको जानकारी बैठकपछि नेता नारायणकाजी श्रेष्ठले दिनुभयाे । त्यस्तै, कृष्णबहादुर महरालाई स्थायी कमिटीको सदस्यमा चयन गरेको छ ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको बैठक सम्पन्न भएको हाे । बैठकले संविधानले नदिएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गरिएको कदम निरंकुश, प्रतिगामी र स्वेच्छाचारी कदम भएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । आजको बैठकमा ३१५ जना केन्द्रीय सदस्य उपस्थित भएको समेत नेता श्रेष्ठले जानकारी दिनुभयो ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको बैठक पार्टीलाई चौइटाउन खाेजेकाे ठहर गरेको उहाले बताउनुभयो । पुष्पकमल दाहाल, माधवकुमार नेपाल र झलनाथ खनालले पार्टीलाई कमाजोर बनाउन खोज्ने विरुद्व एकजुट भएर अगाडि बढने बताउनु भएको उहाँले जानकारी दिनुभयो । साथै बैठकले पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई कारवार्ही गर्ने समेत निर्णय गरेको प्रवक्ता श्रेष्ठले पत्रकारहरुलाई जानकारी दिनुभयो । बैठक आज दिउसो २ बजेबाट बबरमहलस्थित कार्की पार्टी प्यालेसमा बसेको थियो । अर्काे बैठक पुस ९ गते ११:३० बजे पुन बस्ने उहाँले जानकारी दिनुभयाे ।

नेकपा ओली पक्षले महाधिवेशनको मिति घोषणा गऱ्याे : प्रचण्ड–नेपाललगायत कसैलाई पनि कारबाही नगर्ने ओलीको भनाइ

नेकपा ओली समूहको केन्द्रीय कमिटी बैठक सकिएको छ ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठकले आउँदो वर्ष याने कि ०७८ साल मंसिरको २ गतेदेखि ७ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको छ ।

यस अवधिमा पार्टीको महाधिवेशन गर्ने मिति तय भएको केन्द्रीय सदस्य माधव ढुंगेलले जानकारी दिए ।

साथै बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले आफूहरू पार्टी एकताको पक्षमा रहेको र फुटको विपक्षमा रहेको जनाएको ढुंगेलले जानकारी दिए ।

साथै अध्यक्ष ओलीले कोही पनि नेताहरूमाथि कारबाही नगरिने र पार्टी एकताको पक्षमा रहने बैठकमा बताएको ढुंगेलले जानकारी दिए ।

नेपाल कम्युनिष्ट पाटीको मंगलबार बालुवाटारमा बसेको बैठकले पाटीको प्रवक्तामा प्रदीप ज्ञवालीलाई बनाउने निर्णय गरेको छ । पाटीको निर्णय र मान्यता विपरीत प्रवक्ता नारायणकाजी श्रेष्ठ हिडेको भन्दै उहाँको सट्टा नेकपाको नेता प्रदीप ज्ञवालीलाई प्रवक्ताको जिम्मेबारी तोकिएको हो । दुई बर्षअघिदेखि महाधिवेशन गर्नुपर्ने काम नभएकोमा केन्द्रीय समितिमा सदस्यहरु थप गर्दै बैठकले आगामी मंसिर २ देखि ६ गतेसम्म महाधिवेशन तोकिएको प्रधानमन्त्रीको प्रेस बिज्ञ रामशरण बजगाईले जानकारी दिनुभयो । ओली समूहको बैठकले ११९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषणा गरेको छ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter