नाै सय ५२ सङ्क्रमित निको, सात सय ४३ सङ्क्रमित थपिए

काठमाडौं, पुस ८ गते । नेपालमा कोरोना भाइरसका ७४३ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमितको संख्या दुई लाख ५५ हजार ९७९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा पाँच हजार ५५९ आरटी पीसीआर परीक्षण गर्दा ७४३ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको हाे ।

हालसम्म १८ लाख ९० हजार ७४० जनाको पीसीआर परीक्षण गरिएको छ । हाल सात हजार ५१५ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा ९५२ जना सङ्क्रमित निको भएर घर फर्केको जनाएको छ । हालसम्म दुई लाख ४६ हजार ६६१ जना निको भइसकेका छन् । अहिलेसम्म नेपालमा ९६. ३६ कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा पाँच जना सङ्क्रमितको मृत्यु भएको जनाएको छ । हालसम्म नेपालमा कोरोना भाइरसबाट एक हजार ८०३ जनाको मृत्यु दर्ता गरिएको छ । मन्त्रालयले हाल सात हजार ५१५ जनामा आइसोलेशनमा रहेको र ४०९ जना क्वारेन्टिनमा रहेको उल्लेख गरेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

19 injured on first day of Bisket Jatra

266 new cases of COVID-19; suspects entering Valley to undergo Antigen Tests

Nepal has to focus on exporting value-added products recommends EU Ambassador Deprez

Govt to provide Rs 4 lakh to wining Nepali football team

Health insurance reaches 77 districts




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter