व्यावसायिक निरन्तरता कर्जा शोधभर्ना खातामा १५ अर्ब ५० करोड जम्मा हुने

काठमाडौँ, पुस ८ गते । कोभिड–१९ बाट प्रभावित व्यवसायीको व्यवसायलाई निरन्तरता दिने उद्देश्यले कार्यान्वयनमा ल्याइएको व्यावसायिक निरन्तरता कर्जा शोधभर्ना खातामा रु १५ अर्ब ५० करोड जम्मा हुने निश्चित भएको छ । अर्थ मन्त्रालयका अनुसार नेपाल आयल निगमबाट रु पाँच अर्ब, नेपाल राष्ट्र बैंकबाट रु तीन अर्ब, नागरिक लगानी कोषबाट रु दुई अर्ब र निक्षेप तथा कर्जा सुरक्षण कोषबाट रु दुई अर्ब जम्मा हुने यकिन भएको छ ।

यस्तै नेपाल पुर्नबीमा कम्पनी लिमिटेडबाट रु एक अर्ब, कर्मचारी सञ्चय कोषबाट रु एक अर्ब, नेपाल सरकारबाट रु एक अर्ब र राष्ट्रिय बीमा संस्थानबाट रु ५० करोड जम्मा हुनेछ । अर्थ मन्त्रालयका सचिव एवं व्यवसाय निरन्तरता कर्जा प्रवाह सञ्चालक समितिका अध्यक्ष शिशिरकुमार ढुङ्गानाका अनुसार शोधभर्ना खातामा रु ३० अर्बको प्रतिबद्धता प्राप्त भएको छ । उहाँले निश्चित भएको रकम आवश्यकताअनुसार खातामा जम्मा हुने र कर्जा प्रवाह हुने बताउनुभयो ।

अर्थ मन्त्रालयले जारी गरेको व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७ मा कोभिड–१९ बाट प्रभावित घरेलु, साना तथा मझौला उद्यम तथा पर्यटन व्यवसायमा कार्यरत श्रमिक र कर्मचारीको पारिश्रमिक भुक्तानी र व्यवसायको निरन्तरता दिन सरकारले प्रवाह गर्ने कर्जाका लागि रु ५० अर्बको व्यवसाय सञ्चालन निरन्तरता कर्जा प्रवाह शोधभर्ना खाता खोल्ने उल्लेख छ ।

यसैबीच अर्थ मन्त्रालयमा बसेको व्यवसाय निरन्तरता कर्जा प्रवाह सञ्चालक समितिको बैठकले बैंक तथा वित्तीय संस्थामा व्यवसाय निरन्तरता कर्जाका लागि प्राप्त निवेदनमध्येबाट यसै हप्कर्जा प्रवाहको प्रारम्भ गर्ने निर्णय गरेको छ । यस्तै व्यवसाय निरन्तरता कर्जा प्रवाह शोधभर्ना खातामा जम्मा भएको रकम र यसको अवस्थाबारे पाक्षिकरुपमा नेपाल राष्ट्र बैंकले अर्थ मन्त्रालयलाई विवरण उपलब्ध गराउने, व्यवसाय निरन्तरता कर्जा प्रवाहको विवरण नेपाल बैंकर्स सङ्घले नेपाल राष्ट्र बैंकमार्फत साप्ताहिकरुपमा अर्थ मन्त्रालयलाई उपलब्ध गराउनेलगायत निर्णय पनि गरिएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter