छहजार ५५९ परीक्षणमा चारसय ८१ जना सङ्क्रमित थपिए

काठमाडौं, पुस १२ गते । नेपालमा कोरोना भाइरसका चारसय ८१ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमित दुई लाख ५८ हजार १८१ पुगेको छ । हालसम्म १९ लाख नाै हजार ६५४ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो चौबीस घण्टामा छ हजार ५५९ जनाको आरटीपीसीआर परीक्षण गर्दा चारसय ८१ जना सङ्क्रमणको पुष्टि भएको जनाउनुभएको हाे । मन्त्रालयका अनुसार हाल छ हजार ४९३ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ ।

पछिल्लो चौबीस घण्टामा सात सय ३१ जना सङ्क्रमित निको भएका छन् । निको भएकाहरुको संख्या दुईलाख ४९ हजार ८६३ पुगेको छ । नेपालमा कोरोना संक्रमित हुने दर ९६.७८ प्रतिशत रहेको छ ।

पछिल्लो चौबीस घण्टामा छजना सङ्क्रमितको मृत्युको पुष्टि भएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट एक हजार ८२५ जनाको मृत्यु दर्ता गरिएको छ । हाल छ हजार ४९३ जना आइसोलेशनमा र तीन सय ६९ जना क्वारेन्टिनमा छन् ।

काठमाडौं उपत्यकामा नयाँ संक्रमित तीनसय १८ जना भेटिए

काठमाडौं उपत्यकामा कोरोना भाइरसको नयाँ संक्रमित तीनसय १८ जना भेटिएको छ ।

पछिल्लो चौबीस घण्टामा छ हजार ५५९ जनाको आरटीपीसीआर परीक्षण गर्दा उपत्यका सो संख्यामा कोरोना भाइरसका नयाँ संक्रमित फेला भएको हो ।

काठमाडौं जिल्लामा दुईसय ५०, ललितपुरमा ३४ र भक्तपुरमा ३४ जना संक्रिमत पुष्टि भएको छ ।

उपत्यकामा तीनसय १८ र उपत्यकाबाहिर १६३ गरी देशभर चारसय ८१ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter