छ सय ५९ जना थपिए, सात सय १८ सङ्क्रमित निको

काठमाडौं, पुस १३ गते । नेपालमा कोरोना भाइरसका छ सय ५९ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमित दुई लाख ५८ हजार ८४० पुगेको छ । हालसम्म १९ लाख १५ हजार २३२ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा पाँच हजार ५७८ आरटीपीसीआर परीक्षण गरिएकोमा साे संख्यामा सङ्क्रमणको पुष्टि भएको हाे । मन्त्रालयका अनुसार हाल छ हजार ४२७ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

पछिल्लो चौबीस घण्टामा सात सय १८ जना सङ्क्रमित निको भएका छन् । निको भएकाहरुको संख्या दुईलाख ५० हजार ५८१ पुगेको छ । नेपालमा कोरोना संक्रमित हुने दर ९६.८१ प्रतिशत रहेको छ ।

पछिल्लो चौबीस घण्टामा सातजना सङ्क्रमितको मृत्युको पुष्टि भएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट एक हजार ८३२ जनाको मृत्यु दर्ता गरिएको छ । हाल छ हजार ४२७ जना आइसोलेशनमा र तीन सय ६९ जना क्वारेन्टिनमा छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter