छ हजार १३५ वटा परीक्षणमा ७०८ जना सङ्क्रमित थपिए

काठमाडौं, पुस १४ गते । नेपालमा कोरोना भाइरसका सात सय ८ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमित दुई लाख ५९ हजार ५४८ पुगेको छ । हालसम्म १९ लाख २१ हजार ३६७जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा छ हजार १३५ आरटीपीसीआर परीक्षण गरिएकोमा साे संख्यामा सङ्क्रमणको पुष्टि भएको हाे । मन्त्रालयका अनुसार हाल छ हजार ३९६ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

पछिल्लो चौबीस घण्टामा सात सय ३१ जना सङ्क्रमित निको भएका छन् । निको भएकाहरुको संख्या दुईलाख ५१ हजार ३१२ पुगेको छ । नेपालमा कोरोना संक्रमित हुने दर ९६.८३ प्रतिशत छ ।

पछिल्लो चौबीस घण्टामा आठ जना सङ्क्रमितको मृत्युको पुष्टि भएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट एक हजार ८४० जनाको मृत्यु दर्ता गरिएको छ । हाल छ हजार ३९६ जना आइसोलेशनमा र तीन सय ६५ जना क्वारेन्टिनमा छन् ।

Related News

Comments are closed

TOP NEWSview all

SC bars CIAA from conducting Sting Operations

Seto Machhendranath chariot procession begins

FNCCI calls applications from Startups

Nepal beats Netherland By 9 wickets

19 injured on first day of Bisket Jatra




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter