आन्तरिक पर्यटनकाे लागि आवश्यक कार्ययोजना बनाउनुपर्छ – मन्त्री ढकाल

काठमाडौँ, पुस १४ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले आन्तरिक पर्यटनकाे लागि आवश्यक कार्ययोजना बनाउनुपर्ने बताउनुभएको छ।

मन्त्री ढकालले कोरोना महामारीका कारण विदेशी पर्यटक नभित्रिदा नेपालको पर्यटन क्षेत्रमा गम्भीर सङ्कट आइपरेको चर्चा गर्नुहुँदै आन्तरिक पर्यटन प्रवद्र्धन गरी पर्यटन क्षेत्रलाई बचाउनुपर्ने बताउनुभयो ।

उहाँले मन्त्रालय अन्तर्गत पर्यटन विभाग र पर्यटन बोर्डका गतिविधिबारे मङ्गलबार जानकारी लिनुहुँदै विभाग र बोर्डको गतिविधि प्रभावकारी बनाउन गठन आदेश, कार्यविधि, नियमावलीमा संशोधन गर्नुपर्ने भए त्यसका लागि आफू सकारात्मक रहेको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, “नीतिगत समस्याका कारण पर्यटन क्षेत्रका हाम्रा कार्यक्रम प्रभावित नबनुन् ।”

उहाँले अवसरलाई संस्थाको हितमा प्रयोग गर्न कर्मचारीलाई आग्रह गर्दै भन्नुभयो, “सधैँभरी सबैले अवसर पाउँदैनन्, अवसर पाएको समयमा राष्ट्रका लागि जति सकिन्छ त्यति राम्रो काम गरौँ ।”

कार्यक्रममा मन्त्रालयका सचिव यादव कोइरालाले पर्यटन प्रवद्र्धनका नाममा बोर्डका कर्मचारी विदेश घुम्ने गरिएको चर्चा गर्नुहुँदै प्रवद्र्धनका नाममा गरिएका खर्च अनुसार के उपलिब्ध भयो भन्ने समीक्षा समेत हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङ र पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनन्जय रेग्मीले संस्थाको गतिविधिबारे जानकारी गराउनुभएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

SC bars CIAA from conducting Sting Operations

Seto Machhendranath chariot procession begins

FNCCI calls applications from Startups

Nepal beats Netherland By 9 wickets

19 injured on first day of Bisket Jatra




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter