सुन्तला बेचेर कृषक बने लखपतिः दुई गाउँबाट पाँच करोडको बिक्री

अमरराज नहर्की / तनहुँ, पुस १७ गते । तनहुँका दुई गाउँका कृषकहरु सुन्तला बिक्री गरेर लखपति बनेका छन् । सुन्तला बेचेर धनी हुने कृषकहरुमा देवघाट गाउँपालिका–३ ल्हुंग्रीङ र म्याग्दे गाउँपालिका–२ उमाचोक गाउँका छन् ।

सुन्तला बिक्री गरेर ल्हुंग्रीङबाट रू तीन करोड र उमाचोकभन्दा रु २ करोड बढीको गरी पाँच करोड भन्दा बढी रुपियाँ कृषकले आम्दानी गरेको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ । ती गाउँमा कृषकले पाँच लाखदेखि ६० लाख रुपियाँसम्म आम्दानी गर्ने कृषक रहेको केन्द्रका वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारीले जानकारी दिनुभयो । तिवारीका अनुसार तनहुँमा सुन्तला बेचेर सबैभन्दा धेरै आम्दानी गर्ने कृषकमा उमाचोकका शुकनारायण श्रेष्ठ हुनुहुन्छ । श्रेष्ठ एक्लैलै वार्षिक रुपमा ६० लाख भन्दा बढीको आम्दानी सुन्तला बिक्रीबाट गर्नुहुन्छ ।

सोही ठाउँका कृषक साविक जिल्ला विकास समितिको सभापति समेत रहनुभएका विश्वबहादुर अधिकारी र उहाँको भाई निर्मल अधिकारीले वार्षिक रुपमा ५५ लाख भन्दा बढीको सुन्तला विक्री गर्दै आउनुभएको छ । उक्त ठाउँका पूर्व कृषि प्रसार अधिकृत समेत रहनुभएका रामबहादुर थापाले यो वर्ष सुन्तला बेचेर १६ लाख रुपियाँ आम्दानी लिएको गोरखापत्रलाई जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा गाउँबाट दुइ करोड दुई लाख रुपियाँको सुन्तला विक्री भएको उमाचोक ब्लक सञ्चालक समितिका अध्यक्ष निर्मलबहादुर अधिकारीले जानकारी दिनुभयो । ल्हुंग्रीङका भीम रानाले सुन्तला बेचेर २२ लाख आम्दानी गरेको जानकारी दिनुभयो । ‘सुन्तला विक्री यहाँका थुप्रै कृषक लखपति बनेका छन्, रानाले भने विक्रीका लागि समस्या छैन ठेकदार किन्न बँगैचामै आउँछन्’ ।

स्थानीयवासी कर्णसिंह गुरुङले रू. १८ लाख, नवराज गुरुङले रू. १५ लाख, रामबहादुर रानाले रू. १२ लाख बराबरको सुन्तला विक्री गरेका छन् । ‘सुन्तला विक्री गरेर आम्दानी नगर्ने कुनै घर छैनन्, विगतमा अन्य खेती गरेका पनि अहिले व्यावसायिकरुपमा सुन्तलाखेतीमा आबद्ध भएको रानाले जानकारी दिनुभयो । यहाँ उत्पादित सुन्तला दमौली, पोखरा, चितवन, काठमाडौँ लगायतका ठाउँमा निर्यात हुँदै आएको छ । व्यावसायिक कृषकका लागि सुन्तला खेतीको विस्तार, रोगको निवारण, साना सिंचाई कार्यक्रम सञ्चालन, सुन्तला बिरुवा रोपण, बगैंचा सुदृढीकरण लगायतको लागि मद्दत गरिँदै आएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ ।

उमाचोकको ब्लक क्षेत्रमा १५० हेक्टर जमिनमा सुन्तला खेती भइरहेको र २३५ घर आवद्ध भएका छन् भने २७ हजार ९१३ वटा बिरुवा लगाइएको समितिले जनाएको छ । समितिका अनुसार गत वर्ष उमाचोक गाउँबाट दुई करोड २२ लाखको सुन्तला विक्री भएको थियो । यो वर्ष पानी धेरै पर्दा गत वर्षभन्दा २० लाखको कम फलेको हो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter