पाँच हजार आठ सयको परीक्षणमा ४२१ सङ्क्रमित थपिए

काठमाडौं, पुस १९ गते । नेपालमा कोरोना भाइरसका ४२१ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा पाँच हजार आठ सय जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ४१९ जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले हालसम्म दुईलाख ६१ हजार ८५९ जनामा भाइरसबाट सङ्क्रमित भएको उल्लेख गर्नुभयाे ।

हाल पाँच हजार ४८७ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । पछिल्लो चौबीस घण्टामा ६३७ जना कोभिड सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म दुई लाख ५४ हजार ४९४ जना सङ्क्रमित निको भएका छन् । निकाे हुने दर ९७.१९ प्रतिशत छ ।

मन्त्रालयले हालसम्म १९ लाख ४८ हजार ५०२ जनाको आरटीपीसीआर परीक्षण गरिएको उल्लेख गरेको छ ।

पछिल्लो चौबीस घण्टामा आठ जना सङ्क्रमितको मृत्यु भएको छ । उक्त संख्यासँगै नेपालमा कोभिड १९ बाट मृत्यु हुने एक हजार ८७८ पुगेको छ ।

हाल ३६७ जना क्वारेन्टिनमा र पाँच हजार ४८७ जना आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter