बादलले माथिबाट छोपेपछि प्रदूषण बढ्याे, आकास खुलेपछि हट्छ

केशवराज पौडेल / काठमाडौं, पुस २१ गते । राजधानीको आकाश हिजो विहानबाट धुम्बिएसँगै उपत्यका लगायतका देशका अन्य केही शहरमा वायु प्रदूषणको मात्र एकाएक माथि पुग्यो । वायु प्रदूषणको मात्र बढेसँगै वातावरण विभागले ज्येष्ठ नागरिक र मुटु आदिका रोगीहरुलाई घरबाट बाहिर ननिश्कन विज्ञप्ति मार्फत आगह्र गरेको छ ।

एकाएक यसरी प्रदूषणको मात्रा बढ्नुमा बादलले माथिबाट ढपक्क ढाक्दा प्रदूषणको अन्यत्र आउजाउ गर्न नपाउनु मुख्य कारण रहेको विज्ञहरुले बताएका छन् । आकाश खुल्न साथ वा पानी परेपछि प्रदूषणको मात्रा कम हुने उनीहरुको धारणा छ ।

काठमाडौं उपत्यकाका तीन ओटा जिल्लामा मंगलबार बिहानै देखि बायु प्रदुषणको स्तर गम्भिर अवस्थामा पुगेको छ । मंगलबार बिहान काठमाडौंको रत्नपार्कको वायु प्रदुषणको मापन ४८८ कायम गरिएको छ ।

वायु गुणस्तरको सूचकाङ्ग (एक्यूआई) अनुसार ३०० देखि ४०० सम्मको एक्यूआइ सूचकाङ्गलाई असाँध्यै खराब तथा ४०१ देखि असाध्यै गम्भिर मानिदै आएको छ ।

वायुको गुणस्तरको सूचकाङ्क (एक्यूआई) अनुसार सोमबार राति विश्वका विभिन्न सहरमध्ये काठमाडौमाा वायु प्रदूषण निकै धेरै देखिएको थियो । सोमबार साँझ ७ बजेतिर काठमाडौको रत्नपार्कमा एक्यूआई ४८८ र ललितपुरको भैँसेपाटीमा ४०० भन्दा बढी मापन गरिएको थियो ।

वन तथा वातावरण मन्त्रालयकाअनुसार मङ्गलबार काठमाडौको रत्नपार्क र ललितपुरको भैँसेपाटीमा मंगलबार दिउँसो वायुको एक्यूआइ २१८ मापन भएको छ ।

भक्तपुरमा भने एक्यूआइ ३६२ छ ।

पौष महिनाको सुरुवातदेखिनै काठमाडौं उपत्यकामा धुम्मिने गरेको थियो । मौसममा देखिएको परिवर्तनसँगै वायु प्रदूषण पनि ह्वात्तै बढेको हो ।

काठमाडौं उपत्यकामा भने बुवारदेखि मौसममा सुधार आउने र देशभरि बिहीवारदेखि मात्रै मौसम सफा हुने जल तथा मौसम पूर्वानूमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् वरुण पौडेलले पश्चिमी वायूूको प्रभावसँगै काठमाडौंको आकाशमा बादल लागेकोले उपत्यकाको प्रदुषित वायू बाहिर निस्किन नपाउँदा झन् झन् थपिँदै गएर कुहिरो बनेको बताउनुभयो ।

उहाँकाअनुसार माथिबाट बादलले छोपेपछि यहाँको प्रदुषण हावा, पानी र खुला आकाशको अभावमा बाहिर निस्किन सकेको छैन । यो क्रम बुधबार सम्म जारि रहने भएकोले त्यसपछि मात्रै काठमाडौंको प्रदुषण घट्दै जाने उहाले बताउनुभयो ।

यो वर्ष कोरोनाभाइरसको सङ्क्रमणको जोखिम कायमै रहेका बेला जाडोमा जनस्वास्थ्यमा पुग्ने असर थप जटिल हुने भएकाले सावधानी अपनाउनु आवश्यक छ ।

काठमाडौंमा एक्यूआइले खतराको घन्टी नाघेपनि जनकपुरमा एक्यूआइ १९५, एक्यूआइ नेपालगञ्ज १८६, एक्यूआइ बिराटनगर १९७, दाङमा एक्यूआइ १५९, हेटौडाको एक्यूआइ १२७, बिराटनगरको एक्यूआइ १३१ र सिमराको एक्यूआइ १०१ देखिएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter