गाउँको विकास, गाउँमै रोजगार

नवीन शिशिर विक / बागलुङ, पुस २१ गते । भारतमा बन्दाबन्दीको कारण रोजगार गुमाएपछि घर फर्कनुभएका धनबहादुर केसी हिजो आज गाउँमा सञ्चालित विकासे आयोजनामा जोडिनुभएको छ ।

काठेखोला गाउँपालिका–२ भीमापोखराका केसी वडा कार्यालयले सञ्चालन गरेको पदमार्ग निर्माणमा मजदुरी गर्न थाल्नुभएको हो ।

बन्दाबन्दीकै क्रममा जन्मघर फर्कनुभएका केसीले विदेशी भूमिमा रोजगार गुमाए पनि स्वदेशमा आंसिक रोजगार प्राप्त गर्नुभएको छ । बन्दाबन्दी खुल्दै जाँदा वडा कार्यालयले पनि विकास निर्माणको काम सुरु ग-यो । विकासे आयोजनामा स्थानीय मजदुरलाई प्राथमिकता दिने नीति बनाए पछि उहाँ जस्तै विदेशबाट फर्केका तथा घरमै रहेका पुरुष र महिला अहिले पदमार्ग निर्माणको काममा सहभागी भएका छन् ।

केसी अहिले हरेक विहान निर्माण सामाग्री लिएर कहिले पदमार्ग, कहिले सडकमा ग्याविन जाली त कहिले सडक नाली निर्माणका काममा सहभागी हुनुभएको छ । उहाँ मात्रा होइन भीमापोखराका अधिकांश टोलमा संचालित वडा कार्यालय र पालिका स्तरका आयोजनामा स्थानीय मजदुरले काम पाएका छन् । ‘काम नहुँदा छटपटी भएको थियो’ उहाँले भन्नुभयो–‘वडामा सञ्चालित विकासे आयोजनामा सहभागी हुँदा थोरै भए पनि राहत मिलेको छ ।’ वडा कार्यालयले सञ्चालन गरेको टनेल निर्माण योजनामा पनि स्थानीय मजदुर नै प्रयोग भएका थिए ।

‘कामविहीन भएर घर बसेको अवस्थामा वडा कार्यालयको योजनाले राहत मिल्यो’ स्थानीय सागर विकले भन्नुभयो–‘टनेल निर्माणमा दक्ष र अदक्ष गरी दुई महिना बढी पाँच जनालाई प्रत्येक्ष रोजगार मिलेको थियो ।’

वडाभित्र सञ्चालन हुने पालिका तथा वडा कार्यालयका योजना खानेपानी, पदमार्ग, ग्याविन जाली, सडक नाली, ढलान, टनेल, आरन प्रशिक्षणको लागि वडामा उपलब्ध मजदुरलाई प्राथमिकता दिएको वडाध्यक्ष विद्यापति शर्माको भनाइ छ । स्थानीयलाई आंशिक रुपमा भए पनि रोजगार मिलेको छ ।

‘ठेक्का बाहेकका काममा स्थानीयलाई प्राथमिकता दिएका छौँ’ वडाध्यक्ष शर्माले भन्नुभयो–‘आफ्नो गाउँ ठाउँमा आफैले गरेको काम प्रति स्थानीय उत्तरदायी, जिम्मेवार र निर्माणकार्य दीर्घकालीन हुने विश्वास लिएका छौँ ।’

स्थानीय आयोजनामा उपभोक्ता समितिले तोकिएको मापदण्ड अनुसार काम गर्ने र डोर हाजिर भराएर काम गरेको आधारमा भुक्तानी पाउने गरेका छन । ‘गाउँमा युवाहरु जम्मा भएको अवस्था छ’ चिप्लेचौर–विटा पदमार्ग उपभोक्ता समितिका अध्यक्ष मनबहादुर आलेले भन्नुभयो–‘बिहानको समयमा पदमार्ग बनाउँछौँ, दिउँसो नियमित काममा फर्कन्छौँ ।’ पदमार्ग निर्माणमा स्थानीय महिलाहरुले पनि काम पाएका छन् । सिपालुहरुले निर्माणको काम गर्छन भने अदक्ष जनशक्तिले ढुङ्गा बोक्ने काममा खटिएको अध्यक्ष आलेको भनाई छ । दैनिक ज्यालाभन्दा पनि आयोजनाको कुल रकमलाई विभाजन गरी काम गरेको दिनको आधारमा पारिश्रमिक उपलब्ध गराइनेछ ।

काठेखोला गाउँपालिकाले कोरोना कारण बेरोजगार भएका नागरिकलाई र अन्य बेरोजगार युवाहरुलाई रोजागरिमा जोडन प्रधामन्त्री रोजगार कार्यक्रम, पालिकाभित्रका सडक संरचना निर्माण, पर्यटन प्रवर्धनका लागि पदमार्ग निर्माण जस्ता कार्यक्रम सञ्चालन गरी रोजगार सृजना गरेको गाउँपालिका अध्यक्ष अमरबहादुर थापाको भनाइ छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter