कलंकी–कोटेश्वर सडक खण्डमा आफैँ सडक बत्ती राख्दै ट्राफिक प्रहरी

केशवराज पौडेल / काठमाडौं,पुस २५ गते । कलंकी– कोटेश्वर सडक खण्डमा दुर्घटनाको मात्रा बढेसँगै ट्राफिक प्रहरी आफैं सडक बत्ती राख्न थालेको छ । तीव्र गति र अँध्यारो सडककै कारण दुर्घटना बढेको निस्कर्ष निकालेर ट्राफिक प्रहरी महाशाखाले सो सडकखण्डमा सडक बत्ती राख्न थालेको हो ।

महानगरीय ट्राफिक महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले कलंकी– कोटेश्वर सडक खण्डमा दुर्घटना बढ्नुको कारण तीव्र गति र अँध्यारो सडक भएकाले मागेर सडक बत्ती हाल्न लागेको बताउनुभयो ।

‘दैनिक रुपमा दुर्घटना बढेसँगै त्यहाँका संघसंस्था र स्थानीय दानविरहरुसँग सहयोग मागेर सडक बत्ती हाल्ले काम सुरु गरेका छौ’ एसएसपी भट्टराइले गोरखापत्र अनलाइनलाई भन्नुभयो । महाशाखाले विभिन्न संघसंस्थासँगको समन्वयबाट ‘सडकबत्ती अभियान’ सञ्चालन गरेको हो ।

‘रातको समयमा हुने दुर्घटना न्यूनीकरण गराउन यो अभियान चालेका हाँै’ सएसपी जनक भट्टराईले थप्नुभयो । ट्राफिक प्रहरीले रातको समयमा हुने दुर्घटना बढ्नुको कारण खोजी गर्दा अध्यारोनै प्रमुख कारण देखेर अभियान संचालन गरेको हो ।

मध्यनजर गर्दै न्यूनीकरण उपाय निकालिएको हो । महाशाखाले विभिन्न संघसंस्थासँगको समन्वयबाट सडकबत्ती अभियान सञ्चालन गरेको जनाएको छ ।

कम भिजिबिलिटीको कारण कलंकी– कोटेश्वर सडक खण्डको धेरै स्थानमा दुर्घटना ग्रस्त क्षेत्रको संख्या बढेसँगै प्रहरीले सडकबत्ती राख्ने अभियान चलाएको हो । कलंकी– कोटेश्वर सडक खण्डमा रहेका प्रहरी युनिटहरुले समेत बढी जोखिम हुने स्थान पहिचान गरेर रातको समयमा टल्कने खालको ‘स्पिड ब्रेकर’ समेत राख्न थालेका छन् ।सो सडक खण्डका १४ स्थानमा गति नियन्त्रण गर्न टल्किने कोणसमेत राखिएको प्रहरीले जनाएको छ ।

प्रहरीले रातको समयमा हुने अधिकाशं दुर्घटनाबाट अत्याधिक जनधन क्षति भएकाले त्यसलाई रोक्न सडकबत्ती र टल्किने ट्राफिक कोण राख्न सुरु गरेको छ । पहिलो चरणमा अत्याधिक दुर्घटनास्थल हुने क्षेत्र पहिचान गरेर कोटेश्वर–कलंकी सडकखण्डमा पर्ने बीएन्डबी अस्पताल, स्टार अस्पताल, सानेपा, बल्खु सुमोपार्क, खसी बजार, सीता पेट्रोल पम्प, भालेश्वर अटो वर्कसप कलंकीमा बत्ती जडान भइसकेको छ ।

सडक बत्ती स्थानीय तह, नेपाल विद्युत प्राधिकरण र सडक विभागसँग सम्बन्धित रहेर काम गर्नुपर्ने भएपनि काठमाडौंका सडकमा सडक बत्तीको संख्या निक्कै कम छ ।

काठमाडौं महानगरपालिका क्षेत्रभित्रका मुख्य सडकहरुमा आधुनिक सडक बत्ती जडान गर्न मंसिर २५ गते सहमति भैसकेपनि काम भने सुरु भएको छैन । आधुनिक सडक बत्ती जडानसम्बन्धी सहमतिपत्रमा काठमाडौं महानगरपालिका, नेपाल विद्युत प्राधिकरण र सडक विभागबीच हस्ताक्षर गरेको थियो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङको उपस्थितिमा मंसिर २५ गते बिहीबार मन्त्रालयमा नै हस्ताक्षर भएको थियो ।

सहमति अनुसार पहिलो चरणमा अन्तर्राष्ट्रिय विमानस्थलदेखि नयाँ बानेश्वर, त्रिपुरेश्वर, कालीमाटी र कलंकी लगायतका क्षेत्रमा करिब दुई हजार आधुनिक बत्ती जडान कार्य अघि बढाउने बताइएको छ । यसका लागि १७ करोड रुपैयाँको लागत अनुमान गरिएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter