निकाे हुने दर बढ्याे, पछिल्लाे २४ घण्टामा २७० सङ्क्रमित थपिए

काठमाडौं, माघ २ गते । पछिल्लो चौबीस घण्टामा कोरोना भाइरसका २७० जना सङ्क्रमित थपिएका छन् । त्यस्तै ३९० जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।

पछिल्लाे २४ घण्टामा तीन हजार ८४ वटा पीसीअार परीक्षणमा साे संख्यामा सङ्क्रमित थपिएका हुन् । नेपालमा अहिलेसम्म बीस लाख पाँच हजार १२५ पीसीअार परीक्षण भैसकेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै हालसम्म दुईलाख ६६ हजार ८१६ जना भाइरसबाट सङ्क्रमित भएको उल्लेख गरेको छ ।

यसैगरी हालसम्म दुई लाख ६० हजार ५६७ जना सङ्क्रमित निको भएका छन् । निकाे हुने दर ९७.६६ प्रतिशतमा उक्लेकाे छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण पाँच जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या एक हजार ९४८ पुगेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter