२६६ जना सङ्क्रमित थपिए, चारसय जना सङ्क्रमित निको भए

काठमाडौं, माघ ३ गते । नेपालमा कोरोना भाइरसका २६६ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा तीन हजार ५०८ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा २६६ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा चारसय जना सङ्क्रमित निको भएको उल्लेख गरेको छ । हालसम्म दुई लाख ६१ हजार ४४४ जना सङ्क्रमित निको भइसकेका छन् ।

हाल तीनहजार ९१९ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोना भाइरसबाट दुई लाख ६७ हजार ३२२ जना सङ्क्रमित भएका छन् ।

पछिल्लो चौबीस घण्टामा पाँच जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म एक हजार ९५९ जना सङ्क्रमितको मृत्यु भइसकेको छ । हाल तीन हजार ९१९ जना आइसोलेशनमा र २२१ जना क्वारेन्टिनमा छन् ।

उपत्यकामा १७७ जना संक्रमित थपिए

काठमाडौं उपत्यकामा मात्र पछिल्लो २४ घण्टामा १७७ जना संक्रमित थपिएका छन् । उपत्यकाको भक्तपुरमा नौ, ललितपुरमा २३ र काठमाडौं जिल्लामा १४५ छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter