चक्रपथ विस्तार आयोजनाको समस्या समाधानका लागि समन्वय गर्न उपप्रमको निर्देशन

काठमाडौँ, माघ ६ गते । उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौं चक्रपथ विस्तार आयोजनाको समस्या समाधानका लागि अन्तर मन्त्रालय, प्रदेश, स्थानीय तहबीच समन्वय बढाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न बैठकमा चक्रपथ सुधार आयोजनाको हालसम्मको प्रगति र वाटो विस्तारका क्रममा देखापरेका चुनौती र त्यसको समाधानका निम्ति भइरहेको प्रयासका बारेमा छलफल भएको हो । कलङ्कीदेखि धोबीखोलासम्मको कूल ११।६ किलोमिटर सडकको निर्माणका क्रममा महाराजगञ्ज र स्वयम्भू क्षेत्रमा समस्या देखापरेपछि उपप्रधानमन्त्री पोखरेलले भौतिक मन्त्रालय, भूमिसुधार मन्त्रालय, पुरातत्व विभाग, काठमाडौँ महानगर, सड्क क्षेत्रमा पर्ने स्थानीय तहका जननिर्वाचित अधिकारीलगायत पदाधिकारीलाई दोस्रो पटक बोलाएर छलफल गर्नुभएको हो ।

उपप्रधानमन्त्री पोखरेलले सडक विस्तारका क्रममा अनुचित माग र अर्घल्याई स्वीकार्य नहुने वताउनुभयो । सम्बद्ध पक्षलाई अनुचित कुराको पछि नलाग्न निर्देशन दिँदै उपप्रधानमन्त्री पोखरेलले राज्यले लिएको नीति र योजनामा सवै निकायबीच समन्वय गरेर अघि बढ्न निर्देशन गर्नुभयो । कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले चक्रपथ विस्तार निर्माणका क्रममा देखापरेका समस्या सुल्झाउँदै लैजानुुपर्ने वताउनुभयो । त्यस्तै, काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले राज्यको नीतिमा सबैको आपसी अपनत्व आवश्यक भएको बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter