फस्टाँउदै ग्रामीण पर्यटन, कोभिडपछि आन्तरिक पर्यटन चलायमान

विवेक राई / भोजपुर, माग ७ गते । प्रकाश राईलाई यतिबेला पाहुनाको भीड थेग्न मुस्किल छ । भोजपुरको टेम्केमैयुङ गाउँपालिका २, छिनामखुका राईले ५ वर्षअघि करिब १५ लाखको लगानीमा जिल्लामै पहिलोपटक ‘गोठेसिं होमस्टे’ सञ्चालनमा ल्याउनुभएको हो । अग्लो स्थान, रमणीय वातावरण, स्वच्छ हावापानीसंगै अग्र्यानिक खानाबाट आगन्तुकहरुलाई सन्तुष्ट तथा नयाँ स्वाद दिन राईले होमस्टे सञ्चालनमा ल्याउनुभएको हो ।

आफ्नो ५७ रोपनी जमिनमा बनाएको होमस्टे सञ्चालनका लागि प्रदेश सरकार अन्र्तगत कृषि मन्त्रालयले आर्थिक वर्ष ०७६÷७७ मा २६ लाख ६२ हजार वजेट व्यबस्था गरेको थियो । उक्त बजेटले पाहुनाघर, माछापोखरी, सजावटका सामाग्री व्यवस्थापन गरिएको छ । होमस्टेमा अहिले दैनिक तीन सयको हाराहारीमा पर्यटक आउने उहाँले बताउनुभयो ।

कोभिड १९ का कारण ठप्प भएको पर्यटन करिब दुई महिनाअघिबाट पर्यटकको चहलपहल बढ्न थालेको राईले सुनाउनुभयो । पर्यटकको चहलपहलसँगै व्यवसाय पुनः तंँग्रिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘लकडाउनले व्यावसाय चौपट नै भयो, अहिले पाहुनाहरु आउने क्रम बढेकाले व्यवसाय पहिलेकै तुलनामा चल्न थालेको छ’

कोरोनाले सुस्ताएको चहलपहल गत असोज ५ गतेबाट केहि खुकुलो बनेसँगै पर्यटकको पनि आवागमन बढेको थियो । पर्यटकीय स्थानहरुमा पर्यटकहरुको दिनहुँजसो भीड लाग्ने गरेको छ । फुर्सदिलो समयमा परिवार, साथिभाईसँग उत्सव मनाउन र मानसिक बोझ कम गर्न घुम्न आउने गरेको भोजपुर नगरपालिका ११, आम्तेकका पर्शुराम ओझाले सुनाउनुभयो । ‘लकडाउनमा बाहिर निस्कन पाइएन, मानसिक बोझले थलाएको महसुस हुन्थ्यो, माइन्ड फ्रेस गर्न, रमाइलो गर्नैका लागि पनि टेम्के घुम्न आयौँ’ उहाँले भन्नुभयो ।

एकसय पर्यटकीय गन्तव्यमा सुचिकृत टेम्केडाँडा मुन्दुम पदमार्गसँगै मध्यपहाडी लोकमार्गको पहुँच पनि भएकाले बाह्य पर्यटकको आवागमनमा समेत बृद्धि भएको छ । यतिबेला टेम्के चखेवा आसपासमा रहेका होटलहरुमा आन्तरिक पर्यटकको भरिभराउ छ ।

पर्यटन प्रवर्धनका लागि टेम्केमैयुङ गाउँपालिकाले होमस्टे व्यावसायका लागि बिजुली र सडक विस्तार गरेको छ । पर्यटन विकासका लागि गाउँपालिकाले वर्सेनि विभिन्न योजनाहरु ल्याएको गाउँपालिका अध्यक्ष ध्रुवराज राईले बताउनुभयो ।

नजिकै पर्ने ३१ सय मिटर अग्लो टेम्केडाँडा, चखेवाभञ्ज्याङ, मलुवापोखरीसंगै मकालु, कञ्चनजंगा, ल्होत्से लगायत हिमश्रृंखलाहरुको सुन्दर दृश्यावलोकनले पर्यटकको आवागमन बढाईरहेको छ । पर्यटकहरु भित्रिने क्रम बढेसंगै होटल व्यावसायमा लगानी बढिरहेको छ । चखेवाभञ्ज्याङ नजिकै टेम्के बेसक्याम्पमा गेष्टहाउसहरु खुल्ने तयारीमा छ ।

स्थानीय पावीहाङ राईले उक्त स्थानमा ‘लिन्चेनबुङ रिसोर्ट एण्ड गेष्ट हाउस’ सञ्चालन गर्न लागेका हुन् । पछिल्लो समय नेपालीमा घुमफिर गर्ने संस्कारको विकास भएसँगै होटल व्यावसायीहरुलाई आम्दानीका लागि पर्यटन एकमात्र उत्तम विकल्प बन्न थालेको छ । यसका साथै पूर्वको पशुपति भनेर चिनिने खोटाङको हलेसी जाने मुख्य नाका भएकाले पनि बर्षेनी सयौँ धार्मिक पर्यटकको आउजाउ हुने गर्छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter