भारतले १० लाख डोज खोप उपलब्ध गराउने, प्रथम खेप भोलि आउने

काठमाडौ, माघ ७ गते । भारत सरकारले नेपाललाई १० लाख डोज खोप उपलब्ध गराउने भएको छ ।

बुधबार स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले १० लाख डोज खोप उपलब्ध गराउने जानकारी दिनुभयो । बुधबार मन्त्रालयमा भारतीय राजदुत विनयमोहन वाक्त्राको उपस्थितिमा संयुक्त पत्रकार सम्मेलनको मन्त्री त्रिपाठीले नेपाल सरकारलाई भारत सरकारले १० लाख डोज खोप दिने जानकारी दिनुभयो ।

उपत्यकामा १४५ सहित ३१८ सङ्क्रमित थपिए, ३८३ सङ्क्रमित निको भए

नेपालमा कोरोना भाइरसका ३१८ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा ३८३ जना सङ्क्रमित निको भएको उल्लेख गरेको छ । हालसम्म दुई लाख ६२ हजार ६४२ जना सङ्क्रमित निको भइसकेका छन् ।

पछिल्लाे २४ घण्टामा नेपालमा पाँच हजार १२ जनाकाे अारती पीसीअार परीक्षणमा ३४८ जना सङ्क्रमित थपिएका हुन् । नेपालमा अहिलेसम्म बीस लाख २६ हजार ७२६ वटा पीसीअार परीक्षण भइसकेका छन् ।

हाल तीनहजार ६९३ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोना भाइरसबाट दुई लाख ६८ हजार ३१० जना सङ्क्रमित भएका छन् ।

पछिल्लो चौबीस घण्टामा छ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म एक हजार ९७५ जना सङ्क्रमितको मृत्यु भइसकेको छ । हाल तीन हजार ६९३ जना आइसोलेशनमा र १७२ जना क्वारेन्टिनमा छन् ।

उपत्यकामा १४५ जनामा काेराेना पुष्टि

काठमाडाैं उपत्यकामा १४५ जनामा काेराेना पुष्टि भएकाे छ । भक्तपुरमा तीन, ललितपुरमा २६ र काठमाडाैंमा एकसय १६ जनामा पुष्टि भएकाे हाे ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter