तीनसय रोपनीमा एकीकृत कागती खेती, सुन जस्तै टल्काउने लक्ष्य

नवीन शिशिर विक / बागलुङ, माघ ८ गते । कुनै दिन खानजोत, मलजल, स्याहारसुसारको अभावले पटपटी फुटेर धाँजा फाटेको, कालोपाती र सिरु घाँसले भरिएको सहेँला फाँट अहिले हराभरा, आह ! लाग्दो भएको छ ।

बागलुङ नगरपालिका वडा नं. १२ को सहँेलामा रहेको ठुलो फाँट यतिबेला कागतीका बिरुवा कलकलाउँदो भएर हुर्केका छन् । कागतीका बिरुवाले उज्याले भविष्य खोज्दै गरेको दृषश्य देख्न सकिन्छ ।

सहेँला फाँटका मोही भने बागलुङ नगरपालिका–१४ मा बस्छन् । अर्माह गाउँमा बस्ने ४० जना किसानको एउटा समूह छ । ‘चासो कृषक समूह’ले जमिन एकीकृत गरेर कागती लगाएका हुन । परम्परागत खेतीबाली छोडेर स्थानीय युवा कागतीको व्यावसायिक उत्पादन गर्न तल्लीन छन् ।

‘पुरानो बाली हटाउन कठिन थियो, हामीले आँट गर्यौ, अध्यक्ष केशव सुवेदीले भन्नुभयो ‘बिरुवा रोप्ने बेलासम्म के कसो हुने हो भन्ने थियो, अहिले बिरुवा हुर्कदा उज्यालो भविष्यको आस पलाएको छ । तीन सय रोपनी जमिनलाई एकीकृत गरेर कागती खेती थालिएको छ ।

यो बर्ष दुई हजार एक सय बिरुवा रोपिएको र बाँकी जमिनमा अर्को बर्ष बिरुवा लगाउने योजनामा छन् । ‘हाम्रो सिकाइ पनि हो एकै पटक लगाउँदा उत्पादन पनि एकै खालको हुन्छ’ सुवेदीले भन्नुभयो–‘बिरुवा जस्तै उत्पादनमा पनि विविधताको खोजीमा छौँ ।’

छिटो उत्पादन लिन हाँगा नर्सरी गरेका बिरुवा र बीउबाट निकालिएका बिरुवा दुवै लगाएका छन् । एक रोपनी जमिनको प्रतिवर्ष ५ हजार रुपैयाँ उपलब्ध गराउने गरी जमिन एकीकृत गरिएको छ ।

अहिले एक सय रोपनी जमिनमा बिरुवा लगाइएको छ । बाँकी दुई सय रोपनी जमिनमा बिरुवा लगाउन स्थानीय सरकार र सरोकारवालको समेत चासो बढेको वडाअध्यक्ष चक्रबहादुर खत्रीले बताउनुभयो । ‘हामीले यो काममा प्रोत्साहन गर्छौं, किसानले समुहमा उत्पादन गर्न थाले भने आम्दानी र रोजगारी दुवै बढ्छ’ खत्रीले भन्नुभयो– ‘वडा, नगर र प्रदेशका कार्यक्रममा परियोजना समाबेश हुन्छ ।’

नगरपालिका वडा कार्यालयका साथै कृषिसँग सम्बन्धित सरकारी कार्यालयहरु समेत उनीहरुको खेती हेर्न पुग्न थालेका छन् । बिरुवा, सिंचाइ र व्यवस्थापनको लागि सहयोगहरु जुट्न थालेको समूहले जनाएको छ । दुई जना किसानलाई कर्मचारीको रुपमा परिचलन गरेर खेतीको रेखदेख, मल र सिंचाई गर्न थालिएको अगुवा किसान ढाकाराम सुवेदीले बताउनुभयो ।

अहिले मुना पलाएको कागतीले चार बर्षमा उत्पादन दिने उहाँले बताउनुभयो । समुहले २ हजार १ सय बिरुवाका लागि मात्रै ४० लाख रुपियाँ खर्च भएको छ । अझै बाँकी जमिनमा बिरुवा लगाउँदा खर्च बढ्छ । ‘अहिलेको खर्च मात्रै हेरेका छैनौं, भोलिको आम्दानीको पनि हिसाब गरेर काम थालेका हौं’ सुवेदीले भन्नुभयो ‘पहेंलपुर कागती सुन जस्तै टल्काउने लक्ष्य छ ।’

चार बर्षपछि एउटै बिरुवाले दश बिरुवा बराबरको खर्च उठाउनेछ । अहिले स्थानीय बजारमा कागतीको मूल्य प्रतिकिलो २ सय २० रुपियाँ पर्छ । एउटा वयस्क कागतीको राम्रो बोटले बर्षमा एक सय किलोभन्दा धेरै उत्पादन दिन सक्छ । उनीहरुले कागतीका लागि मल र किसानहरुको थप सहभागिता बृद्धि सोही जमिनमा गाई फार्म, र भित्री बालीको समेत योजना बनाएका छन् । (गोरखापत्र)

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter