तीन हजार ५४१ परीक्षणमा २३२ मा सङ्क्रमणको पुष्टि

काठमाडौं, माघ १० गते । नेपालमा कोरोनाभाइरसका २३२ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा तीन हजार ५४१ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा २३२ जनामा सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा ३८६ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केको जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ६९ हजार १८० पुगेको छ । हाल तीन हजार ४५२ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ३८६ जना कोभिडमुक्त भएसँगै नेपालमा कोरोना लागेर निको भएका ब्यक्तिको संख्या दुई लाख ६३ हजार ७३४ पुगेको छ । पछिल्लो चौबीस घण्टामा आठ जना सङ्क्रमितको मृत्युको पुष्टि भएको मन्त्रालयले उल्लेख गरेको छ । उक्त मृतकसँगै नेपालमा कोभिडबाट मृत्यु हुने एक हजार ९९४ पुगेको छ ।

हाल तीन हजार ४५२ जना आइसोलेशनमा र १४७ जना क्वारेन्टिनमा छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter