कोभिड–१९ विरुद्धको खोप माघ १४ गतेदेखि लगाइने, निर्धक्क खाेप लगाउन स्वास्थ्यमन्त्रीकाे अपील

काठमाडौं, माघ ११ गते । नेपालमा कोभिड – १९ विरुद्धको खोप माघ १४ गतेदेखि दिने तयारी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रथम चरणको खोप अभियानको विषयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदेश त्रिपाठीले निर्धकसाथ खोप लगाउन सम्बद्ध पक्षलाई अपिल गर्नुभएको छ ।

उहाँका अनुसार सातवटै प्रदेशका ६२ वटा अस्पताल र एकसय २० वटा खाेप केन्द्रबाट खाेप लगाउन शुरू गरिने र साे अभियानकाे माघ १४ गते प्रधानमन्त्री केपी शर्माले शुभारम्भ गर्नहुनेछ । माघ १८ गतेभित्र देशका तीनसयवटा खाेप केन्द्रबाट खाेप दिइनेछ ।

दश दिनसम्म चल्ने यस अभियानमा चारलाख ३० हजार व्यक्तिलाई खोप दिने तयारी रहको छ । भारत सरकारले हालै दिएको ‘कोभिसिल्ड’ तीनपटकसम्म सफलतापूर्वक परीक्षण भएकाले निर्धकतापूर्वक खोप लगाउन हुन उहाँले अपिल गर्नुभएको छ ।

भाइरसका नयाँ २७० जना सङ्क्रमित थपिए, ४०३ सङ्क्रमण मुक्त

नेपालमा कोरोना भाइरसका २७० जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ६९ हजार ४५० पुगेको छ ।

पछिल्लो चौबीस घण्टामा ४०३ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केको जनाएको छ । पछिल्लो चौबीस घण्टामा ४०३ जना कोभिडमुक्त भएसँगै नेपालमा कोरोना निको हुनेकाे संख्या दुई लाख ६४ हजार १३७ पुगेको छ ।

यस्तै साे अवधिमा सात जना सङ्क्रमितको मृत्युको पुष्टि भएको मन्त्रालयले उल्लेख गरेको छ । साे सँगै मृतकसँगै नेपालमा कोभिडबाट मृत्यु हुने दुइ हजार एक जना पुगेका छन् ।

हाल तीन हजार ३१२ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ भने तीन हजार ३१२ जना आइसोलेशनमा र १४५ जना क्वारेन्टिनमा छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter