तीनसय तीनजना सङ्क्रमित थपिए, २८५ जना सङ्क्रमणमुक्त

काठमाडौं, माघ १३ गते । नेपालमा कोरोना भाइरसका ३०३ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७० हजार ९२ जना पुगेको छ ।

पछिल्लो चौबीस घण्टामा चारहजार ५७४ जनाकाे पीसीअार परीक्षण गर्दा कोरोना भाइरसका ३०३ जना सङ्क्रमित थपिएका हुन् । अहिलेसम्म २० लाख ५२ हजार ६८७ पीसीअार परीक्षण भइसकेकाे छ ।

देशका विभिन्न अस्पतालबाट २८५ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केको मन्त्रालयले जनाएको छ । पछिल्लो चौबीस घण्टामा ४०१ जना कोभिडमुक्त भएसँगै नेपालमा कोरोना निको हुनेकाे संख्या दुई लाख ६४ हजार ८२३ पुगेको छ । नेपालमा कोरोना निको हुनेकाे प्रतिशत ९८.०५ पुगेकाे छ ।

यस्तै साे अवधिमा छ जना सङ्क्रमितको मृत्युको पुष्टि भएको मन्त्रालयले उल्लेख गरेको छ । साे सँगै मृतकसँगै नेपालमा कोभिडबाट मृत्यु हुने दुइ हजार १७ जना पुगेका छन् ।

हाल तीन हजार २५२ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ भने तीन हजार २५२ जना आइसोलेशनमा र १२२ जना क्वारेन्टिनमा छन् ।

यस्तै पछिल्लो चौबीस घण्टामा काठमाडाैं उपत्यकमा १७२ जना सङ्क्रमित थपिएका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter