पुनः निर्माणपछि बीपी राजमार्ग नेपाललाई हस्तान्तरण

काठमाडौं माघ १५ गते । जापान सरकारले निर्माण गरेको बीपी राजमार्ग पुनःनिर्माण सकेर नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बिहीबार आयोजित भर्चुअल कार्यक्रममार्फत जापान सरकारले उक्त सडक नेपाललाई हस्तान्तरण गरेको हो । भूकम्पपछि पुनःनिर्माण गरिएको बीपी राजमार्गको भर्चुअल उद्घाटन गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङ्गले नेपालको विकास निर्माणमा जापान सरकार पुरानो साझेदार रहेको बताउनुभयो ।

नेपालको उर्जा, यातायात, खानेपानी तथा सरसफाइ, शिक्षा, स्वास्थ्य, शान्ति स्थापना, र कृषी क्षेत्रमा जापान सरकारको योगदान अतुलनीय रहेको मन्त्री नेम्वाङले बताउनुभयो । नेपालको विकासमा जापान सरकारको सहयोगको प्रशंसायोग्य रहेको उहाँले चर्चा गर्नुभयो । “नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र मेरो व्यक्तिगत तर्फबाट जापान सरकारको यो साथ र सहयोगको हृदयदेखि नै प्रशंसा गर्न चाहन्छु” मन्त्री नेम्वाङले भन्नुभयो । नेपालको विकास र समृद्धिको चाहना परिपूर्ति गर्न नेपालका लागि जापानी राजदूत मासामिची साइगोको साथ र समन्वयको समेत मन्त्री नेम्वाङले प्रसंशा गर्नुभयो ।

त्यस्तै, जापानी राजदूत मासामिची साइगोले नेपाल र जापान सरकारबीच गहिरो मित्रता रहेको उल्लेख गर्दै नेपालको विकासमा जापान सरकारको साथ निरन्तर रहने बताउनुभयो । संघीय राजधानीलाई पूर्वी तराईसँग जोड्ने १ सय ६० किलोमिटर लामो बीपी राजमार्ग जापानले १९९६ मा निर्माण सुरु गरेर २०१५ मार्चमा सम्पन्न गरी नेपाललाई हस्तान्तरण गरेको थियो । हस्तान्तरण गरेको दुई महिना नबित्दै वि.स. २०७२ वैशाख १२ गते गएको महाभूकम्पका कारण पाँच ठाउँमा क्षति पुगेको थियो ।

भूकम्पपछिको पुनःनिर्माण पनि जापानले नै जिम्मा लिएको थियो । बीपी राजमार्गको पुनःनिर्माण सन् २०१९ जुलाई ३ मा जापानी निर्माण कम्पनी हाजमा अण्डो कर्पोरेशनले सुरु गरेको थियो । करिब १८ महिनामा निर्माण सम्पन्न गरी जापानले हस्तान्तरण गरेको हो । पुनः निर्माणमा गिट्टी, बालुवाबाहेक अधिकांश निर्माण सामग्री र प्राविधिक जापानबाट नै ल्याइएकाे थियाे ।

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter