सङ्क्रमित कसैकाे मृत्यु भएन , २१३ सङ्क्रमित थपिए, २९६ निकाे भए

काठमाडौं, माघ १५ गते । नेपालमा कोरोना भाइरसका २१३ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७० हजार ५८८ जना पुगेको छ ।

पछिल्लो चौबीस घण्टामा तीन हजार ७९१ जनाकाे पीसीआर परीक्षण गर्दा कोरोना भाइरसका २१३ जना सङ्क्रमित थपिएका हुन् । अहिलेसम्म २० लाख ६० हजार ८६० पीसीआर परीक्षण भइसकेकाे छ ।

देशका विभिन्न अस्पतालबाट २९६ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केको मन्त्रालयले जनाएको छ । पछिल्लो चौबीस घण्टामा २९६ जना कोभिडमुक्त भएसँगै नेपालमा कोरोना निको हुनेकाे संख्या दुई लाख ६५ हजार ३६५ जना पुगेको छ । नेपालमा कोरोना निको हुनेकाे प्रतिशत ९८ भन्दा माथि उक्लेकाे थियाे ।

पछिल्लो चौबीस घण्टामा काेही पनि सङ्क्रमितको मृत्युको नभएकाे मन्त्रालयले उल्लेख गरेको छ । हिजाेसम्म नेपालमा कोभिडबाट मृत्यु हुने दुई हजार बीस जना पुगेका छन् । नेपालमा केही महिना यता बिहीबार पहिलाे पटक काेही पनि सङ्क्रमित मृत्यु नभएकाे जनाइएकाे छ।

हाल तीन हजार २०३ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ भने तीन हजार २०३ जना आइसोलेशनमा र ११३ जना क्वारेन्टिनमा छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter