निकाे हुने दर बढ्दै , ३३३ सङ्क्रमणमुक्त, १५७ सङ्क्रमित थपिए

काठमाडौं, माघ १६ गते । नेपालमा कोरोना भाइरसका १५७ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७० हजार ७४५ जना पुगेको छ ।

पछिल्लो चौबीस घण्टामा तीन हजार २२१ जनाको पीसीआर परीक्षण गर्दा कोरोना भाइरसका १५७ जना सङ्क्रमित थपिएका हुन् । अहिलेसम्म २० लाख ६४ हजार ८१ पीसीआर परीक्षण भइसकेको छ ।

देशका विभिन्न अस्पतालबाट ३३३ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केको मन्त्रालयले जनाएको छ । पछिल्लो चौबीस घण्टामा ३३३ जना कोभिडमुक्त भएसँगै नेपालमा कोरोना निको हुनेको संख्या दुई लाख ६५ हजार ६९८ जना पुगेको छ । नेपालमा कोरोना निको हुनेको प्रतिशत ९८.१४ भएकाे छ

पछिल्लो चौबीस घण्टामा पाँचजनाकाे मृत्यु भएकाे मन्त्रालयले उल्लेख गरेको छ । याेसँगै दुई हजार २५ जना सङ्क्रमितकाे मृत्यु भएकाे छ ।

हाल तीन हजार २२ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ भने तीन हजार २२ जना आइसोलेशनमा र १११ जना क्वारेन्टिनमा छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter