रसुवागढी नाकामा आवतजावत सुरु भएन, केही समय लाग्ने

हेमनाथ खतिवडा / रसुवा, माघ १७ गते । कोभिड–१९ का कारण लकडाउनपछि सरकारले सीमा नाकाहरु खोल्ने निर्णय गरे पनि रसुवागढी नाका भने आवतजावत खुलेको छैन ।

रसुवाका प्रमुख जिल्ला अधिकारी हरि पन्तका अनुसार सरकारले गरेको निर्णय अनुरुप परराष्ट्र मन्त्रालय तथा स्थानीय प्रशासनले पनि छिटै समन्वय गरेर नाका सुचारू गर्ने बताउनुभयो ।

कोभिड १९ पछि लकडाउनका कारण गत चैतदेखि केरुङबाट आवतजावतमा रोक लाइएको छ । विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) को कारण नाकामा आयात निर्यात सामान्य बन्न नसक्दा राजस्व संकलन पनि प्रभावित बन्न पुगेको हो ।

विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) को कारण नाकामा आयात निर्यात सामान्य बन्न नसक्दा राजस्व संकलन पनि प्रभावित बन्न पुगेको हो । २०७१ सालदेखि औपचारिक रुपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक ५ सय कन्टेनर चल्ने गरेका थिए । चीनले अन्तर्राष्ट्रिय नाकाको रुपमा घोषणा गरेसँगै सीमामा व्यापारी, व्यावसायी र सवारीको चाप बढ्दै गएको छ । व्यापारीले भने राजश्व असुली गरे अनुरुप सरकारले सडकमार्ग स्तरोन्नति नगरेकोले जोखिममा आवतजावत गर्नुपर्ने गुनासो गरेका छन् ।

विनाशकारी भूकम्पका कारण तातोपानी नाका बन्द भएपछि २०७२ मंसिरदेखि रसुवागढी नाकाबाट चीनतर्फ सामग्री आयात तथा निर्यात हुँदै आएको छ । रसुवागढीनाकालाई चीनले २०७४ भदौ १४ गते अन्तर्राष्ट्रिय नाका घोषणा भएको हो । चीनबाट तयारी कपडा, स्याउ, लेडिज सेण्डल, रबर, प्लाष्टिकका जुत्ता चप्पल, हाते झोला, छालाको जुत्ता, मोटरको ब्याट्री, युपीएस, प्लाष्टिकका सामग्रीहरू आयात हुने गरेको थियो भने नेपालबाट चीनतर्फ धातुको मूर्ति, काठका सामग्री, अम्रिसोको कुचो, बाँसको मुढा, मेहन्दी, दन्तमन्जन, शृङ्गारका सामान, चाउचाउ, पास्ता, जुस जाम, चकलेट, उनी गलैंचा कार्पेट, चुइगम, हेयर आयल, हेयर क्रीमलगायतका मुख्य बस्तुहरु निकासी हुने गरेको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter