तीनहजार ९०७ परीक्षणमा १७१ जना सङ्क्रमित, २२७ निकाे

काठमाडौं, माघ २२ गते । नेपालमा कोरोना भाइरसका १७१ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७१ हजार ६०२ जना पुगेको जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा तीन हजार ९०७ जनाको पीसीआर परीक्षण गर्दा कोरोना भाइरसका १७१ सङ्क्रमित थपिएका हुन् । अहिलेसम्म २० लाख ८५ हजार ५७३ वटा पीसीआर परीक्षण भइसकेको छ ।

देशका विभिन्न अस्पतालबाट २२७ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केको मन्त्रालयले जनाएको छ । याेसँगै नेपालमा कोरोना निको हुनेको संख्या दुई लाख ६७ हजार२९२ जना पुगेको छ । नेपालमा कोरोना निको हुनेको प्रतिशत ९८.४१ मा उक्लेकाे छ ।

हाल दुई हजार २७७ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेकाले आइसोलेशनमा बसेर उपचार भैरहेकाे छ । क्वारेन्टिनमा ९२ जना मात्र छन् ।

पछिल्लो चौबीस घण्टामा दुई जना सङ्क्रमितकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा दुई हजार ३३ जनाकाे मृत्यु भैसकेकाे छ ।

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter