एकल महिलाद्वारा रासायनरहित प्याड उत्पादन

अविनाश चौधरी / धनगढी, माघ २४ गते । कैलालीको धनगढीमा एकल महिलाले रासायनरहित सेनेटरी प्याडको उत्पादन थालेका छन् ।

महिलाका प्रजनन स्वास्थ्यलाई मध्यनजर गरेर रासायनरहित सेनेटरी प्याड उत्पादन गर्न थालेको जनाइएको छ । मानव अधिकारका लागि महिला एकल महिला सुदूरपश्चिम समितिमार्फत उपकरण भित्र्याएर ‘कम्पोष्टेबल’ सेनेटरी प्याड उत्पादन गर्न थालेको वेद अवस्थीले जानकारी दिनुभयो ।

‘प्लाष्टिक मिसावट नगरिएकाले उत्पादित सेनेटरी प्याड रासायनरहित रहेको छ’, अवस्थीले भन्नुभयो । ‘यो सेनेटरी प्याडको प्रयोग स्वास्थ्यको दृष्टिकोणले अत्यन्त राम्रो रहनेछ ।’

महिनावारी भएको बेला महिलाले सेनेटरी प्याड लगाउने गरेका छन् । उनीहरुले प्रयोग गर्ने सेनेटरी प्याड सफा र गुणस्तरयुक्त नभएमा विभिन्न स्वास्थ्य समस्या हुनसक्ने खतरा रहेको जनाइएको छ । प्लाष्टिकयुक्त सेनेटरी प्याड प्रयोग गर्दा पाठेघरमा इन्फेक्नसन हुन सक्ने, सेतो पानी बग्ने जस्ता समस्या देखिने गरेको बताइन्छ । तर, आफूहरुले महिलाको प्रजनन स्वास्थ्यलाई मध्यनजर गरेर सेनेटरी प्याड उत्पादन गरिरहेको अवस्थीले बताउनुभयो ।

‘हामीले बनाइरहेको सेनेटरी प्याडले प्रजनन स्वास्थ्यलाई कुनै असर पु¥याउँदैन’, उहाँले भन्नुभयो । ‘किनभने, यसमा रासायन र प्लाष्टिक मिसावट गरिएको छैन ।’

महिलाले प्रयोग गरेका सेनेटरी प्याड यत्रतत्र फालिने गरिएको छ । त्यसरी प्याड फाल्दा प्रदूषण बढ्ने गरेको छ । तर, कम्पोष्टेबल सेनेटरी प्याड चाँडै कुहिएर मलमा परिणत हुने जनाइएको छ । बढीमा ६० दिनभित्र कम्पोष्टेबल सेनेटरी प्याड कुहिने अवस्थीले उल्लेख गर्नुभयो । सेनेटरी प्याडले गर्दा हुने वातावरण प्रदुषण र महिलामा देखिने स्वास्थ्य समस्या निराकरणका लागि कम्पोष्टेबल सेनेटरी प्याड उत्पादन थालेको उहाँको भनाइ छ ।

कम्पोष्टेबल सेनेटरी प्याड उत्पादनका लागि पाँच जना एकल महिलालाई रोजगारीसमेत दिइएको छ । सेनेटरी प्याड उत्पादनले एकल महिलालाई आयआर्जन गुजारामा सहज हुने विश्वास गरिएको छ । यसैगरी, एकल महिलालाई हौसला पनि मिल्ने अवस्थीले उल्लेख गर्नुभयो ।

उत्पादित सेनेटरी प्याडलाई चाँडै बजारमा ल्याउने जनाइएको छ । गुणस्तर चिन्ह प्राप्त भए लगत्तै आफूहरुले उत्पादन गरेको सेनेटरी प्याडको बिक्री वितरण सुरु गर्ने अवस्थीले बताउनुभयो । ‘यसलाई व्यवस्थित रुपमा अगाडि बढाउनका लागि हामीले स्थानीय सरकारसंग पनि सहकार्य गरिरहेका छौं’, उहाँले भन्नुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter