नेपाली युवालाई पुनः ल्याउन कोरियाकाे सकारात्मक पहल

जीवन खत्री / सउल, माघ २५ गते । कोभिड–१९ का कारण कोरिया जान रोकिएका नेपाली युवालाई पुनः ल्याउन कोरियाले सकारात्मक पहल थालेको छ । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गतका नेपालसहित विदेशी श्रमिकलाई ल्याउने सम्बन्धमा मानव संसाधन बोर्ड कोरियाले श्रम रोजगार मन्त्रालय, कानून मन्त्रालयलगायत अन्य सरकारी कार्यालयहरुमा छलफल अघि बढाएको बताइएको छ ।

नेपाल सरकारले भिसा लागेर बसेका श्रमिकलाई लैजान बारम्बार अनुरोध गर्दै आए पनि मानव संसाधन विभाग (एचआरडी) ले छलफल र अध्ययन गरिरहेको बताउँदै आएको थियो तर कोरियाको सङ्क्रमण रोग नियन्त्रण तथा रोकथाम एजेन्सीले विदेशी श्रमिकको आगमन अनुमतिलाई रोक्का गरेका कारण यो प्रक्रिया रोकिएक थियो । पछिल्लो समय एचआरडीले खुलाउने सम्बन्धमा पहल अघि बढाएको हो ।

हाल प्रवेशाज्ञा प्रक्रियाका लागि कानून मन्त्रालयअन्तर्गतको अध्यागमन विभागले सहजीकरण गर्दै आइरहेको छ । यो निकायले विदेश श्रमिक ल्याउँदा हुने जोखिम र अवसरका सम्बन्धमा रोग नियन्त्रण तथा रोकथाम एजेन्सीसँग छलफल गरिरहेको छ ।

कोरियाले पहिलो चरणको कोभिड नियन्त्रण गरेपछि कम्बोडिया र श्रीलङ्काबाट श्रमिक लैजान शुरु गरे पनि पछिल्लो समय पुनः रोकेको थियो । नेपाललगायत विदेशी श्रमिकलाई लैजानेबारे तयारी भइरहेका बेला कोरियामा कोभिड भाइरस सङ्क्रमण दोस्रो चरणमा प्रवेश गरेपछि विदेशी श्रमिकलाई रोक्ने निर्णयलाई निरन्तरता दिएको थियो ।

कोरियाले गैरश्रमिक नागरिकलाई स्वास्थ्य मापदण्ड पालन गरेर आगमन र प्रस्थान अनुमति दिए पनि श्रमिकको सम्बन्धमा भने कडाइ गर्दै आएको छ । यसबाट कोरिया जाने तयारीमा रहेका हजारौँ नेपाली युवा स्वदेशमा छ्न् तर प्रवेशाज्ञा सकिएर नेपाल फर्कने युवाहरू भने हवाई यात्रा खुलेसँगै कोभिड–१९ को मापदण्ड पूरा गरी नेपाल फर्किरहेका छन् ।

गत चैतयता प्रतिबद्ध छ हजार ५०० नेपाली युवाले कोरिया प्रवेशमा अनुमति पाएका छैनन् । नेपालसहित १६ राष्ट्रबाट बर्सेनि ५० हजार युवा कोरिया प्रवेश गर्ने गरेको भए पनि १० महिनायता सो क्रम रोकिएको छ । कोभिड सङ्कट लम्बिएपछि भिसा पाएका प्रतिबद्ध श्रमिक, श्रम सम्झौता गरेका र बिदामा आएका छ हजार ५०० नेपालीमध्ये ७०० को रद्द भएको शाखाले जनाएको छ । कोरियाबाट हालसम्म दुई हजार ५३६ नेपाली उद्धार उडानमार्फत नेपाल फर्किसकेका छन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter