तीन हजार ३३३ वटा परीक्षणमा १३० सङ्क्रमित, १९४ निको भए

काठमाडौं, माघ २६ गते । नेपालमा कोरोनाभाइरसका १३० जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा कोरोनाका १९४ जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।

पछिल्लो चौबीस घण्टामा तीन हजार ३३३ वटा आरटीपीसीआर परीक्षण गरिएको थियाे । हालसम्म २० लाख ९६ हजार ७५० जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी विवरण अद्यावधिक गर्दै थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ७२ हजार ५५ पुगेको जनाएको छ ।

जसमध्ये दुई लाख ६८ हजार २६६ जना सङ्क्रमित निको भएका छन् । नेपालमा ९८.६१ प्रतिशत सङ्क्रमित निको भएर घर फर्केका छन् ।

हाल एक हजार ७४४ जना सङ्क्रमित आइसोलेशनमा छन् । हाल ९२ जना क्वारेन्टिनमा छन् ।

पछिल्लो चौबीस घण्टामा सातजना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म दुई हजार ४५ जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter