तीन हजार ३०९ परीक्षणमा १६० सङ्क्रमित थपिए, १६५ निको

काठमाडौं, माघ २७ गते । नेपालमा कोरोनाभाइरसका १६० जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा कोरोनाका १६५ जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।

पछिल्लो चौबीस घण्टामा तीन हजार ३०९ वटा आरटीपीसीआर परीक्षण गरिएको थियाे । हालसम्म २१ लाख एक हजार ५९ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी विवरण अद्यावधिक गर्दै थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ७२ हजार २१५ पुगेको जनाएको छ ।

जसमध्ये दुई लाख ६८ हजार ४३१ जना सङ्क्रमित निको भएका छन् । नेपालमा ९८.६१ प्रतिशत सङ्क्रमित निको भएर घर फर्केका छन् ।

हाल एक हजार ७३७ जना सङ्क्रमित आइसोलेशनमा छन् । हाल ८७ जना क्वारेन्टिनमा छन् ।

पछिल्लो चौबीस घण्टामा दुई जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म दुई हजार ४७ जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

19 injured on first day of Bisket Jatra

266 new cases of COVID-19; suspects entering Valley to undergo Antigen Tests

Nepal has to focus on exporting value-added products recommends EU Ambassador Deprez

Govt to provide Rs 4 lakh to wining Nepali football team

Health insurance reaches 77 districts




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter