उपत्यकामा ६४ सहित कुल १३४ संङ्क्रमित थपिए, ११८ निको भए

काठमाडौं, माघ २८ गते । विगत २४ घण्टामा उपत्यकामा १३४ कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । यो संगै कुल संक्रमित संख्या दुई लाख ७२ हजार ३३४ पुगेको छ । सो अवधिमा कुल तीन हजार ५६७ पीसीआर टेस्ट गरीएको थियो ।
साथै सो अवधिमा ११८ जना निको भएर डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंंख्या मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलन प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले बताउनुभयो ।
यस्तै विगत २४ घण्टामा उपत्यकामा ६४ जना नयाँ संक्रमित थपिएको उहाँले जानकारी गराउनुभयो । त्यस्तै विगत २४ घण्टामा मृत्यु हुनेकाे शंख्या शुन्य रहेकाे साे अबसरमा जानकारी गराइयाे ।