हुम्ला पुग्यो टर्कीको च्यान्दुलर ओखर

सिमकोट, माघ २८ गते । दुई वर्षमै फल दिने च्यान्दुलर ओखर टर्कीबाट आइपुगेको छ । यो याममा हुम्लामा स्याउ, ओखर लगाउने समय भएकाले टर्कीबाट मगाइएको ओखर जिल्लामा आइपुगेको हो । ओखरका दाना गुणस्तरीय हुनुका साथै गुदीको मात्रा बढी हुने भएपछि किसान यो ओखर लगाउन आकर्षित भएपछि टर्कीबाट बिरुवाको बिक्रीवितरण गरिएको कृषि प्राविधिक सुन्दर रावतले बताउनुभयो ।

किसान व्यावसायिक रुपमा ओखर खेतीमा लागेपछि ओखरका बिरुवा विदेशबाट जिल्लामा भित्रिएको निजीस्तरका ओखरको बिरुवाको बिक्रीवितरण गर्दै आएका कृषि प्राविधिक रावतले जानकारी दिनुभयो । गत वर्षबाट हुम्लामा यो ओखर भित्रिन थालेको र गत वर्ष उक्त ओखरका बोट हुम्ला भित्रिएका थिए । उक्त ओखरले यस वर्ष फल दिनेछन् । छोटो अवधिमा फल दिने भएका कारण यस वर्ष मागअनुसार दुई हजार बिरुवा जिल्लामा पुगेर बिक्री भएको उहाँले बताउनुभयो । एक जना किसानले पचास बोटसम्म स्याउ बगैंचामा लगाउने गरेका छन् ।

प्रतिबोट रु एक हजारमा बिक्री हुनुका साथै च्यान्दुलर ओखर सिमकोट गाउँपालिकाले एक हजार बोट र अदानचुली गाउँपालिकाले ५०० बोट किनिसकेका छन् । बाँकी पाँच सय बोटको पनि अगुवा स्याउ किसानबाट माग आएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter