उपत्यकामा ६१ सहित १०४ मा सङ्क्रमणको पुष्टि

काठमाडौं, फाल्गुन २ गते । नेपालमा कोरोनाभाइरसका १०४ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा तीन हजार ५०१ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा एक सय चार जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ बारे अद्यावधिक विवरण सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित दुई लाख ७२ हजार ७१८ पुगेको जानकारी दिनुभयो । उहाँका अनुसार काठमाडौं उपत्यकाका तीन जिल्लामध्ये भक्तपुरमा दुई जना, ललितपुरमा १२ र काठमाडौंमा ४७ जना गरी कुल ६१ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।

पछिल्लो चौबीस घण्टामा १३१ जना सङ्क्रमित निको भइ घर फर्केका छन् । हालसम्म दुई लाख ६९ हजार ६० जना सङ्क्रमित निको भइसकेका छन् । जुन कुल सङ्क्रमितको ९८.७ प्रतिशत हो । हालसम्म २१ लाख १७ हजार ५० जनाको नमूना सङ्कलन गरी आरटीपीसीआर परीक्षण गरिएको छ । हाल एक हजार ६०४ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ । जसमध्ये ८९१ जना संस्थागत् आइसोलेशनमा र ७१३ जना होम आइसोलेशनमा छन् ।

गत् बुधबार यता १५ हजार ९९१ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ६२९ जनामा सङ्क्रमणको पुष्टि भएको छ । पछिल्लो चार दिनमा सात जना सङ्क्रमितको मृत्यु भएको हो ।

पछिल्लो चौबीस घण्टामा शून्य सङ्क्रमितको मृत्यु भएको छ । कोभिड १९ को सङ्क्रमणबाट नेपालमा हालसम्म दुई हजार ५४ जनाको मृत्यु भएको हो ।

मन्त्रालयका अनुसार कोरोनाभाइरसबाट विश्वभरि हालसम्म दश करोड ९१ लाखभन्दा बढी ब्यक्ति सङ्क्रमित हुनुभएको छ । जसमध्ये आठ करोड ११ लाख ७३ हजार ५२२ जना सङ्क्रमणमुक्त भइसकेका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter