१२२ सङ्क्रमित थपिए, १४४ कोरोनामुक्त

काठमाडौं, फाल्गुन ३ गते । नेपालमा कोरोनाभाइरसका १२२ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा तीन हजार ५४१ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा १२२ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरसको विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा १२२ जना सङ्क्रमित थपिएकोमा १४४ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केका छन् । मन्त्रालयका अनुसार हाल एक हजार ५८१ जना सङ्क्रमितमा भाइरसको सङ्क्रमण सक्रिय छ । थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित दुई लाख ७२ हजार ८४० पुगेको छ । दुई लाख ६९ हजार २०४ जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म २१ लाख २० हजार ५९१ जनाको नमूना सङ्कलन गरी परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा एक सङ्क्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म दुई हजार ५५ जना सङ्क्रमितको मृत्यु भएको छ । हाल ७९ जना क्वारेन्टिनमा छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter