उपत्यकामा ६० सहित १२५ सङ्क्रमित थपिए

काठमाडौं, फाल्गुन ५ गते । नेपालमा कोरोनाभाइरसका १२५ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा तीन हजार ८३८ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा १२५ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी विवरण अद्यावधिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकाका तीन जिल्लामा पछिल्लो चौबीस घण्टामा ६० जना सङ्क्रमित थपिएको बताउनुभयो । उहाँका अनुसार भक्तपुरमा छ, ललितपुरमा नौ र काठमाडौंमा ४५ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ९१ जना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् । उक्त मुक्त भएको संख्यासँगै नेपालमा कोरोनामुक्त भएकाहरुको संख्या दुई लाख ६९ हजार ३९४ पुगेको छ । जुन कुल सङ्क्रमितको ९८.७ प्रतिशत हो । हाल एक हजार ६२१ जना आइसोलेशनमा छन् । जसमध्ये ९९१ जना संस्थागत् आइसोलेशनमा र ६३० होम आइसोलेशनमा छन् ।

मन्त्रालयले गत् बुधबार यता १४ हजार २४० जनाको नमूना सङ्कलन गरी परीक्षण गरिएकोमा ४५६ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको छ । सोही अबधिमा ४६५ जना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म २१ लाख २७ हजार ७८९ जनाको नमूना सङ्कलन गरी आरटीपीसीआर परीक्षण गरिएको छ ।

मन्त्रालयका प्रवक्ता डा. गौतमले हाल कोरोना सङ्क्रमित ६१ जना आईसीयूमा र १३ जना भेन्टिलेटरमा उपचारार्थ रहेको जानकारी दिनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter