९६ सङ्क्रमित थपिए, १११ कोरोनामुक्त

काठमाडौं, फाल्गुन ६ गते । नेपालमा कोरोनाभाइरसका ९६ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा तीन हजार ५४१ जनाको नमूना परीक्षण गरिएकोमा ९६ जनामा सङ्क्रमित पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा ९६ सङ्क्रमित पुष्टि भएकोमा १११ जना सङ्क्रमित निको भएको जनाएको छ । मन्त्रालयका अनुसार हाल एक हजार ६०३ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७३ हजार १६६ पुगेको छ । हालसम्म दुई लाख ६९ हजार ५०५ जना कोरोनामुक्त भएका छन् । हालसम्म २१ लाख ३१ हजार ३३० जनाको नमूना सङ्कलन गरी आरटीपीसीआर परीक्षण गरिएको मन्त्रालयले उल्लेख गरेको छ ।

पछिल्लो चौबीस घण्टामा तीन जना सङ्क्रमितको मृत्यु भएको छ । उक्त संख्यासँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई हजार ५८ पुगेको छ । हाल एक हजार ६०३ जना आइसोलेशनमा र ७१ जना क्वारेन्टिनमा छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter