खाेप किन्न सरकारले कुनै मूल्य ताेकेकाे छैन :प्रवक्ता गुरूङ

काठमाडौं, फागुन ६ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कोभिड १९ विरुद्धको खोप सबै नेपाली नागरिकलाई निःशुल्क उपलब्ध गराउने गरी सरकारले व्यवस्थापन गरिरहेको बताउनुभएको छ । अहिले छिमेकी मुलुक भारतले उपलब्ध गराएको खोप लगाउने काम भइरहे पनि बाँकी खोपको व्यवस्थापन सरकारले गरिरहेको उहाँले प्रष्ट पार्नुभयो ।

मन्त्रि परिषदका निर्णयहरु विहिबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्नुहुँदै मन्त्री गुरुङले सो कुरा बताउनुभयो । उहाँकाअनुसार आपूर्ति सहज हुने अनुसार सोझै खरिद गर्ने प्रक्रिया अघि बढाउने निर्णय सरकारले गरेको छ ।

“खोप खरिद गर्न ऐनको दफाअनुसार स्वास्थ्य सेवा विभागले अहिलेको विशेष परिस्थितिलाई ध्यानमा राखी एक पटकका लागि ‘कोभिडशिड’ खोप उत्पादक कम्पनीसँग वार्ताद्वारा निर्धारण गरिएको मूल्य र रकम भुक्तानीको शर्त बमोजिम खोप खरिद गर्न लाग्ने रकम नेपाल राष्ट्र बैक मार्फत भुक्तानी हुनेगरी २० लाख डोज कोभिड खोप सिधै खरिद गर्ने सक्ने गरी बाधा अडकाउ फुकाउनका लागि आदेश जारी गर्ने र सोको सूचना प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले अतिरिक्ताङ्क गरी नेपाल राजपत्रमा प्रकाशन गर्ने” आदेश गर्ने निर्णय भएको पनि मन्त्री गुरुङले जनकारी दिनुभयो ।

कोभिड खोप खरिद गर्न क्याविनेटले मूल्य तोक्न नमिल्ने उहाँले प्रष्ट पार्नुभयो । खरिद गर्ने सम्बन्धित विभाग र विभागीय अधिकारीले गर्न पाउने गरी व्यवस्था मिलाइएको मन्त्री गुरुङले प्रष्ट पार्नुभयो ।

सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले ७१ औं प्रजातन्त्र दिवसको अवसरमा ‘समृद्धिका लागि सञ्चार’ नारा प्रस्ताव गरिएको जानकारी दिनुभयो । यद्यपि नाराले अन्तिम रुप पाइनसकेको उहाँले जानकारी दिनुभयो । गत वर्ष ‘विकासका लागि सञ्चार’ नारा तय गरिएको थियो । दिवसको अवसरमा देश तथा विदेशमा रहनुभएका सबै नेपालीमा उहाँले शुभकामना व्यक्त गर्नुभयो ।

प्रजातन्त्र प्राप्तिमा आफ्नो जीवन आहुति गर्ने शहिदप्रति सम्मान व्यक्त गर्दै उहाँले श्रद्धाञ्जलि व्यक्त गर्नुभयो । प्रजातन्त्र दिवसको अवसरमा केही असल व्यवहार र चरित्र भएका केही कैदीलाई कैद छुट गर्ने निर्णय सरकारले गरेको मन्त्री गुरुङले बताउनुभयो । प्रमाणिकरणका लागि राष्ट्रपति कार्यालयमा पठाएको उहाँले जानकारी दिनुभयो ।

सरकारले नेपाल न्याय सेवाको विशिष्ट श्रेणीको सर्वोच्च अदालतको रजिष्ट्रार पदमा कार्यरत सचिव लालबहादुर कुँवरलाई नेपाल न्याय सेवाको राजपत्राङ्कित विशिष्ट श्रेणीको सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा बढुवा गर्ने निर्णय गरेको छ । मन्त्री गुरुङकाअनुसार योगमाया आर्युवेद विश्व विद्यालय पूर्वाधार निर्माण विकास समितिको अध्यक्षमा प्रा. अनुपकुमार श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ । त्यस्तै सदस्यमा डा. देवकला भण्डारी, डा. राजकिशोर शाह, रामकुमार घिमिरे र रामचन्द्र न्यौपानेलाई नियुक्त गर्ने निर्णय भएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter