खप्तड घुम्न आउने पर्यटकको संख्या घट्याे स्थानीय चिन्तित

शैलेन्द्र रोकाया / बझाङ, फागन ७ गते । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय स्थल खप्तड हेर्न स्वदेशी तथा विदेशी पर्यटक आउने संख्या दिन प्रतिदिन घट्न थालेको छ । पछिल्लो समयमा कोभिड १९ का कारणले ओरालो लागेको नेपालको पर्यटन ब्यवसायको असर खप्तडमा पनी पर्न थालेको छ । बझाङ तर्फको खप्तड जाने अन्तिम गाउँ दारुगाउँमा पर्यटकहरुको सेवा सुविधाका लागि स्थानीयबासीले होमस्टे बनाएको भए पनि पछिल्लो समयमा पर्यटकह आउने क्रम न्यून भएपछि ब्यवसाय धरापमा परेको हो ।

जयपृथ्बी राजमार्गका तमैलदेखि लामातोला हुदै दारुगाउँ सम्मको यातायातको सुविधालाई भरपर्दो बनाउन सड्कको स्तर उन्नति भइरहेको छ। खप्तड छान्ना गाउँपालिका अध्यक्ष बर्कबहादुर रोकायाले भन्नुभयो, एग्रो टुरिजमलाई जोडेर लिने हिसावले दारुगाउँमा होमस्टेका लागी केही पूर्वाधार पनि निर्माण हुन लागेका छन् त्यसैसंग मिलेर गाउँपालिकाले समेत आबस्यक बातावरण तयार गर्न सहयोग गरेका छौ ।

सडक यातायातबाट चार पाँच घण्टा उकालो हिडेर खप्तड पुगिने हुँदा अहिले खप्तड जाने प्राय: सवै पर्यटकहरु बझाङको बाटो छोटो र सजिलो भएकाले यतैबाट जाने गर्दछन् । खप्तड आउने जाने मानिसहरुको पछिल्लो समयमा संख्या घट्दै गए यस क्षेत्रका ब्यवसायिहरु समेत चिन्तामा छन् । स्थानीय ब्यवसायी वीरेन्द्र रावलले भन्नुभयो , कोरोना संक्रमण बढेकाले पर्यटकहरु समेत आउन छोडे यसको मार सबैभन्दा बढी ब्यवसायीलाई भएको छ । हप्ताको दुईतीन जना फाट्ट फुट्ट आउने गरेका छन् उहाँले भन्नुभयो अहिले त पर्यटकहरु कम हुने सिजन पनि हो ।

यहाँ स्थानीयहरुले पर्यटकहरुका लागी सर्वसुलभ रुपमा घोडाको सुविधा दिने ,प्रत्येक घर आगन सरसफाइ गर्न पाहुनाहरु संग राम्रो व्यवहार गर्ने र प्रत्येक घरमा होमस्टे छन् । खप्तड आउने जाने कुनै पनि पर्यटक दारुगाउँ मेल्तडीमा बसोवास भएमा स्थानीय उत्पादन मात्र खुवाउने र पर्यटकहरुले माग भएमा स्थानीय लोकसंस्कृति पनि प्रदर्शन गर्ने परम्परा छ ।

काठमाण्डौबाट एक घण्टाको हवाई दूरीपछि धनगडीबाट समेत बझाङमा हवाई सेवा उपलब्ध छ । पर्यटन ब्यवसायी किशोर खड्काले भन्नुभयो, अहिले त ६ घण्टामा काठमाण्डौबाट खप्तड पुग्न सकिन्छ । खप्तड आउने पर्यटकहरु धनगढी २२ मिनेटको हवाई दूरीमा बझाङकाे देवल विमानस्थल पुग्छन् र त्यहाँबाट एकघण्टाको गाडीको यात्रा पछि दारुगाउँ पुग्छन् । त्यहाँबाट झण्डै तीन घण्टाको पैदलपछि खप्तड पुग्न सकिन्छ ।

यहाँबाट तिव्वतको कैलाश मनासरोवर र भारतको ब्रदी केदारनाथको हिमाली शृङ्खला पनि अवलाेकन गर्न सकिन्छ । साथै खप्तडवावाको कुटी दुर्लभ जातका चराचुरिड्गी फूल र जडीबुटी पनि देखिने हुँदा यसलाइ देवभूमि र धर्तीको स्वर्ग भनेर पनि चिनिन्छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter