तीन हजार ५३५ परीक्षणमा ४७ जना सङ्क्रमित, ६२ सङ्क्रमित निको

काठमाडौं, फागुन २२ गते । नेपालमा कोरोना भाइरसका ४७ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा तीन हजार ५३५ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ४७ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७४ हजार ६५५ पुगेको जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा ६२ जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख ७० हजार ८२८ जना सङ्क्रमित निको भएका हुन् । सङ्क्रमित निको हुने दर ९८.६ प्रतिशत पुगेको छ । हालसम्म २१ लाख ८८ हजार ७२५ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार हाल ८१७ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । ५५ जना क्वारेन्टिनमा छन् । पछिल्लो केही दिनदेखि कसैको पनि मृत्यु भएको छैन । हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट तीन हजार १० जनाको मृत्यु भएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

19 injured on first day of Bisket Jatra

266 new cases of COVID-19; suspects entering Valley to undergo Antigen Tests

Nepal has to focus on exporting value-added products recommends EU Ambassador Deprez

Govt to provide Rs 4 lakh to wining Nepali football team

Health insurance reaches 77 districts




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter