नेकपा एकीकरणले मान्यता पाएन

काठमाडौं, फागुन २३ गते । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद सम्बन्धमा आज गरेको फैसलाबाट तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्सवादी लेनिनबादी) र नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) को साविकै पार्टीमा कायम गरेको छ ।
सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवादमा ऋषिराम कट्टेल अध्यक्ष रहेको नेकपाको मागको पक्षमा गरेको फैसलामा दुबै पार्टी साविककै अवस्थामा कायम रहने र दुबै दल एकीकरण गर्ने भएमा राजनीतिक दल सम्बन्धी ऐन नियम विपरित नहुने गरी निर्णय गरी निर्वाचन आयोगमा उपस्थित हुन आदेश गरेको छ ।