४८ जना नयाँ सङ्क्रमित थपिए,६१ जना निको

काठमाडौं, फागुन २८ गते । नेपालमा कोरोना भाइरसका ४८ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा ४८ जनामा सङ्क्रमणको पुष्टि भएको / ६१ जना सङ्क्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गर्दै जानकारी दिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गर्दै यो सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७५ हजार ११८ पुगेको बताएकाे हाे । पछिल्लो चौबीस घण्टामा ६१ जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख ७१ हजार १७७ जना सङ्क्रमित निको भएका हुन् । हालसम्म २२ लाख १० हजार ४३४ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार हाल ९२९ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ भने ५१ जना क्वारेन्टिनमा छन् । पछिल्लो २४ घण्टामा पनि कसैको पनि मृत्यु भएको छैन । हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट तीन हजार १२ जनाको मृत्यु भएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

266 new cases of COVID-19; suspects entering Valley to undergo Antigen Tests

Nepal has to focus on exporting value-added products recommends EU Ambassador Deprez

Govt to provide Rs 4 lakh to wining Nepali football team

Health insurance reaches 77 districts

NTA’s Broadband Internet connected to 75 percent of target areas




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter