८५ सङ्क्रमित थपिए, ९३ कोरोनामुक्त, तीनजनाको मृत्यु

काठमाडौं, चैत्त १४ गते । नेपालमा कोरोनाभाइरसका ८५ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा दुई हजार ७४५ को आरटीपीसीआर परीक्षण गरिएकोमा ८५ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोना सङ्क्रमणको कुल सङ्क्रमित दुई लाख ७६ हजार ७५० पुगेको जनाएको छ । पछिल्लो चौबीस घण्टामा ९३ जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख ७२ हजार ४३५ जना सङ्क्रमणमुक्त भएका छन् ।

मन्त्रालयले हालसम्म २२ लाख ५९ हजार ४५ जनाको आरटीपीसीआर परीक्षण गरिएको जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा तीन जना सङ्क्रमितको मृत्युको पुष्टि भएको छ । मन्त्रालयले हालसम्म तीन हजार २७ जना सङ्क्रमितको कोरोना सङ्क्रमणले मृत्यु भएको जनाएको छ । हाल एक हजार २८८ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ । ५९ जना हाल क्वारेन्टिनमा छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter