चीन, भारत र पाकिस्तानीलाई पर्वतारोहण तालिम दिँदै नेपाली गाइड

छेटु शेर्पा / काठमाडौं, चैत १४ गते । शक्तिशाली छिमेकी राष्ट्र चीन, भारत र पाकिस्तानी नागरिकलाई नेपाली माउन्टेन गाइडले पर्वतारोहण तालिम दिने भएका छन् । ती देशमा अन्तर्राष्ट्रियस्तरको मान्यताप्राप्त माउन्टेन गाइड नभएका कारण नेपाली माउन्टेन गाइडहरुले पर्वतारोहण सम्बन्धि तालिम दिने भएको हो ।

नेपाल सन् २०१२ देखि अन्तराष्ट्रिय पर्वतारोहण पथप्रर्दशक महासंघको सदस्य राष्ट्र भए पछि अन्तराष्ट्रियस्तरको माउन्टेन गाइड उत्पादन गर्दे आएको छ । एसियामा जापान, किर्गिस्तान र नेपालमात्र अन्तर्राष्ट्रिय महासंघको सदस्य हो भने दक्षिण एसियामा नेपालमा सदस्य राष्ट्र हो । त्यसैले चीन, भारत र पाकिस्तानमा आधिकारिक माउन्टेन गाइड उत्पादन गर्न नेपाललाई तालिम दिन सिफारिस गरेको अध्यक्ष आङनुर्वु शेर्पाले जानकारी दिनुभयो ।

नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रर्दशक संघ विश्वभरबाट गठन भएको अन्तराष्ट्रिय महासंघको आधिकारिक सदस्य राष्ट्र भएको संघका अध्यक्षआङनुर्वु शेर्पाले बताउनुभयो । यो संघमा विश्वभर हिमाल भएका २६ वटा राष्ट्र सदस्य रहेका छन् । महासंघले तोकेको पाठक्रमण पूरा गरे पश्चातमात्र आधिकारीक माउन्टेन गाइडको तक्मा पाउने गर्छन यो तक्मालाई विश्वभर मान्यतादिने गरेको अध्यक्ष शेर्पाले बताउनुभयो । हाल नेपालमा ७२ जनामात्र अन्तर्राष्ट्रिय मान्यताप्राप्त माउन्टेन गाइड रहेका छन् ।

नेपाल हिमालै हिमालको हवभएका कारण अन्तर्राष्ट्रिय संघले स्कीको पाठ्यक्रमविनापनि सदस्य राष्ट्र बनाएको उहाँले बताउनुभयो । हाल नेपालका माउन्टेन गाइड बन्न स्वीट्जरल्याण्डमा गएर स्कीकोर्ष गर्नु पर्ने बाध्यता छ । माउन्टेन गाइडलाई विश्वभर भ्रमण भिषादेखि पर्वतारोहणमा प्रयोग हुने इन्टर नेशनल क्लाइम्विङ एण्ड माउन्टेनेरिङ फेडेरेसन (युआइएए) प्रमाणित गरेका कपडा र आरोहण सामाग्रीहरुमा ३० प्रतिशत छुट समेतको व्यवस्था गरेको उहाँले जानकारी दिनुभयो । विश्वकै सर्वोच्च शिखर सगरमाथादेखि आठ हजारभन्दाअग्ला २० मध्ये नेपालमामात्र १४ हिमाल छन् । तीनहजार बढी हिमाल नेपालमा रहेको नेपालपर्वतारोहण संघका अध्यक्षशन्तविर लामाको बताउनुहुन्छ । यता सरकारले भने चार सय १४ वटा हिमालमात्र पहिचान गरी आरोहणका लागि खुल्ला गरेको छ, यि मध्ये ७५ वटा हिमालअझै पनि आरोहण हुन सकेको छैन ।

हिमालआरोहण र अवलोकनकालागि ९० वढी देशबाट नेपालमा पर्यटकहरु आउने गरेका छन् पर्यटन विभागको तथ्याङक छ । पर्यटन विभागले केहीदिनयता माउन्टेन गाइड लाइसेन्स वितरण गरेको छ तर नेपालमा यसको मान्यता हुने भएपनि विश्वक अन्य देशका हिमालमा भने यसको मान्यतानहुने इन्टरनेश्नल क्लाइम्विङ एण्ड माउन्टेनेरिङ फेडेरेसन (युआइएए)ले जनाएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter