सरकारले रुपान्तरणकारी आयोजनाको रुपमा डिजिटल नेपाल फ्रेमवर्कलाई अघि बढाएको छः प्रधानमन्त्री

काठमाडौं, वैशाख १९ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको उपलक्ष्यमा डिजिटल नेपाल फ्रेमवर्क २०७६ लाई रुपान्तरकारी आयोजनाको रुपमा अघि बढाइएको बताउनुभएको छ । जसअन्तर्गत शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, शहरी पूर्वाधार, वृत्त, डिजिटल फाउन्डेसन लगायतका ८ वटासहित ८० वटा डिजिटल पोर्टल निर्माण गरिएको छ ।

उहाँले देशको दिगो विकासका बृहत्तर लक्ष्य हासिल गर्न अवलम्वन गरिएको रणनीतिहरुको केन्द्रमा सूचना, सञ्चार तथा प्रविधि रहदै आएकोमा सबै स्थानीय तह तथा वडा कार्यालय, सामुदायिक विद्यालय र स्वास्थ्य केन्द्रहरुमा पूर्वाधार एवम् सञ्चार प्रविधिको पहुँच विस्तार गर्नतर्फ सरकारले पहल गरिरहेको बताउनुभएको छ । विश्वव्यापीरुपमा सञ्चार तथा प्रविधिको बढ्दो प्रयोगका कारण संसार नै एउटा ग्लोबल भिलेजको अवस्थामा आएको तर यसलाई थप विश्वसनीय एवम् पहुँच विस्तारका लागि सरकारका नियमनकारी निकायहरुलाई प्रभावकारी बनाइँदै अघि बढाइने प्रधानमन्त्री ओलीले बताउनुभयो ।

सूचना प्रविधि सम्बन्धि विधेयक संघिय संसदमा पेश भइसकेको बताउदै प्रधानमन्त्री ओलीले चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिको अवसरमा औपचारिकरुपमा उद्घाटन भएका नागरिक एप्स्को दिगो, गुणस्तरीय एवम् प्रभावकारीरुपमा सञ्चालन गर्न निर्देशन पनि दिनुभएको छ । खासगरि, विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस महामारीको समयमा प्रविधिको उच्चतम प्रयोग गर्दै वैकल्पिक माध्यमबाट पठनपाठन सुचारु राख्न पनि उहाँले बताउनुभएको छ ।

डिजिटल नेपाल फ्रेमवर्क र नागरिक एप्स् जस्ता प्रविधिमार्फत देशैभरका सबै सरकारी सेवाहरुलाई एकै ठाउँबाट उपलब्ध गराउने कोसिस भइरहेको छ, प्रविधिको बढ्दो प्रयोगले विकासको व्यवस्थापन, सार्वजनिक सेवा, सूचना प्रवाह र सामाजिक अन्तरक्रियामा आधारभूत परिवर्तन आएको प्रधानमन्त्री ओलीले बताउनुभयो ।

सूच्ना तथा प्रविधिको प्रयोग गर्दै सरकारी कर्याालयहरुमा कागजात बोकेर जानुपर्ने झन्झटिलो प्रक्रियालाई रुपान्तरण गर्दै कम समयमा पेपरलेस र फेसलेस सेवा प्रदान गर्ने र यसका साथै सुशासन, समृद्धि र विकासका लागि पनि डिजिटल नेपाल फ्रेमवर्कको काम अगाडि बढाइएको प्रधानमन्त्री ओलीले बताउनुभएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter